चार उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति सूची विवरणसहित

विविध समाचार

काठमाडौं । न्याय परिषदले चार उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति गरेको छ ।

शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगर, पतन, सुर्खेत र तुल्सीपुरमा मुख्य न्यायाधीश नियुक्त गरेको हो । हाल उच्च अदालत जनकपुरको वीरगन्ज इजलासला न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश नियुक्त गरिएको छ ।

त्यस्तै हाल उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्यन्यायाधीश नियुक्त गरिएको छ ।

त्यसैगरी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश नियुक्त गरिएको छ ।

त्यस्तै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरिएको न्याय परिषदले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *