यस्ता छन् चुनाव जितेपनि सपथ लिन नपाउनेहरु

राजनीति समाचार

काठमाडौं । पुराना दल त भ्रष्टाचारी र स्वार्थी नै भए रे । तर ‘हामी जान्ने राम्रो छान्ने’ रोइलो गरेर सर्वसाधारण जनतामा भ्रम फैलाउन सफल भएका रास्वपाका सभापति रवि लामिछाने जोगिने अनेक दाउपेच रच्दैछन् । रवि चुनाव लडेर सांसद पदमा निर्वाचित भए तापनि सम्पत्ति सुद्धिकरण र सहकारी ठगीका मुद्दाबाट उन्मुक्ति नपाउने अवस्था देखिँदैन । जेनजी सरकारले शुशासन र समृद्धिका कुरा नगरे हुन्छ । आफै युवतीका डिम्ब तस्करी गर्ने संस्थासँग जोडिएकी महान्याधिवक्तामार्फत् चलाइएको योजनालाई सर्वोच्चले स्वकार गर्ने अवस्था थिएन । रवि लामिछानेले बुटवल अदालतलाई आफ्नो भागमा परेको बिगो बुझाएर जेल बाहिर रहेर मुद्दा लड्ने सुविधा मात्र पाएका हुन् ।

कांग्रेस नेतृ डा. आरजु राणा र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको छानविनमा रविलाई दोषी देखाउनु पूर्वाग्रहपूर्ण भनिएको थियो । डा. आरजु नक्कली भुटानी शरणार्थी, गिरिबन्धु जग्गा काण्ड, बाँसबारी जग्गा काण्ड, बालमनिदर जग्गा काण्ड र कैलाली जग्गा काण्डमा मुछिएकाहरुले पनि कानूनी जटिलता भोगेका छैनन् । हिजो आरजुको साडीको फेर समातेर कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा दरबारको विस्वासिलो बनेका गगन कुमार थापाले समेत आज रविमाथिको कारबाही पूर्वाग्रहीपूर्ण भएको भन्न थालेका छन् । तर, अदालतमा धरौटी राखेर तारेखमा छुटेको जोसुकैमाथिको कानूनी अनुसन्धान रोक्ने तागत जेनजी सरकारकी प्रधानमन्त्री शुशिला कार्कीलाई कसरी आयो त्यसमा शंका उब्जेको छ ।

सरकारले जीवी राईलाई भने पक्राउ गर्न सकेको छैन । रवि छुटेर चुनावको टिकट बाड्ने र प्रचार गर्न पाउने तर त्यहीँ केशका छविराज जोशी जेलमै सड्ने कानूनीशैली पनि लोकतन्त्रकै नमूना भएको छ । सरकारले जेनजी पुस्ताको माग लत्याउँदै पुरानै रैथालेहरुले अपनाएको कानुनमाथि हस्तक्षेपकारी चरित्र प्रदर्शन गरेको प्रमाण हो रविको मुद्दा फिर्ता लिने निर्णय अदालतले अस्वीकार गरेको छ । अब रवि चुनावमा उम्मेदवार बन्छन् तर चुनाव जितेपनि सपथ लिन पाउँदैनन् । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपाल, नेकपा एमालेका मिलन गुरुङ, कांग्रेसका सन्तोष चालिसे र मोहन बहादुर बस्नेतजस्ता उम्मेदवारले चुनाव लड्न पाएका छन् । तर, उनीहरुले चुनाव जिते तापनि सपथ ग्रहण गरेर संसद्भित्र छिर्न पाउने छैनन् । किन कि उनीहरु अदालतमा धरौटी राखेर तारेखमा दोषी करार भोगिरहेका व्यक्ति हुन् । मुद्दाको फैसला नभएसम्म तिनीहरुको पद निलम्बनमा पर्छ । महोत्तरी क्षेत्र नम्बर १ का लक्ष्मी कोइरी यसका उदाहरण हुन् । यसपटक उनी मधेसी दल छाडेर एमालेबाट उम्मेदवार बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *