योजना भत्किँदा कांग्रेस–एमालेको सपना चकनाचुर

राजनीति समाचार

काठमाडौं । पाएको पद छाड्न नचाहने आहारिसे चरित्रका नेताका कारण राजनीतिक दलभित्र आक्रोस र विद्रोहले ठाउँ पाएको छ । विशेष महाधिवेशनले नेतृत्व चयन गर्दा निवर्तमान सभापति शेरबहादुर देउवाको पछि लागेर सभापति गगनको विरुद्ध कूर्लनेहरु भ्रष्टाचारमा डुबेकाहरुको भीड छ । देउवा पत्नी डा. आरजु स्वयम् भ्रष्टाचारी हुन् ।

देउवालाई केन्द्रीय समितिको बहुमतले महाधिवेशनले मात्रै अस्वीकार गरेन ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलेसमेत अस्वीकार गर्दै निरंकुशताको परिचय दिएको छ । देउवाका पछि लागेका कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, विजय कुमार गच्छदार, प्रकाशमान सिंह र डा. प्रकाश शरण महतजस्ता विवादित छविका पात्रहरु बोकेर सभापति पदबाट बर्खास्तीमा परेका देउवा पार्टीको अविभावक बन्न महाधिवेशनबाट आएको नेतृत्वले आग्रह गरिरहेको छ । तर, देउवाका घमण्डी आसेपासेहरुले त्यसलाई स्वीकार गर्न दिएका छैनन् । कांग्रेसको केन्द्रीय कार्यालय डन र गुण्डाहरुले घेराबन्दी गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घमण्डकै कारण दुईतिहाईको सरकारबाट २४ घण्टामा बर्खास्त भएपछि ज्यान जोगाउन डन र गुण्डाकै सरण लिएका छन् । पूर्वप्रधानमन्त्रीहरुलाई सरकारले दिएको सुरक्षाबाट विस्वास नहुनु भनेको उनीहरु सत्ता सञ्चालन र पार्टी परिचालनमा असफल हुन् भन्ने प्रमाणित हुन्छ । अहिले भाउन्न हुनेहरु आफ्नै कार्यकर्ताबीचमै विवादित छन् ।

आफ्नो असफलता ढाकछोप गर्दै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु आगामी चुनावमा गठबन्धन गरेर चुनाव जित्ने तयारीमा थिए । यी दुई दलमा कांग्रेसले जितेको ठाउँमा कांग्रेसकै उम्मेदवारलाई र एमालेले जितेका ठाउँमा एमालेकै उम्मेदवारलाई जिताउने रणनीति तय भएको थियो । तर, कांग्रेस विभाजने दुई ठुला दलका योजना चकनाचुर भएको छ । कांग्रेस विभाजनले बढी चिन्ता एमाले नेताहरुले गरेका छन् । पदका लागि जहाँ जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने विचार, सिद्धान्त, विधि र पद्धति नै त्याग्ने प्रवृत्ति सबै दलमा विद्यमान छ । जेनजी विद्रोहले सत्ता लिप्सा कुर्सीका भोकाहरुको बाटो छेकिदिएको छ । ८४ वर्ष उमेर पुगेका हिड्न पनि अरुको सहारा लिनुपर्नेहरुलाई सांसद बन्नै पर्ने रोगले आज पनि दलहरुलाई गाँजिरहेको छ । नेताहरुको यहीँ चरित्रविरुद्धको जेनजी विद्रोह भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *