काठमाडौं । गत भदौ २३ र २४ गते जेनजेड पुस्ता र केही युवा विद्यार्थीहरुले गरेको आन्दोलनबाट नेपाल सरकारको भौतिक संरचना ध्वस्त भएको छ ।
त्योसँगै ७४ जनाले शहदत प्राप्त गरेका छन् । दुई दिनको अवधिमा देशले भौतिक क्षतिसँगै दर्जनौ निर्दोष जेनजेड युवाहरुले ज्यान गुमाउन पुगेका छन् । भौतिक संरचनासँगै अनाहकमा ज्यान गुमाउने युवाहरुप्रति राज्यका सुरक्षा निकायको कमी, कमजोरीले गर्दा देशले यो क्षति व्यहोर्नु परेको हो ।जेनजी पुस्ताले गरेको आन्दोलनमा सुरक्षा निकायले गोली चलाउँदा १९ जना निर्दोष व्यक्तिहरुको मृत्यु भए सँगै भोलिपल्ट २४ गते शहिद परिवारदेखि सर्वसाधरण मानिसहरु सडकमा उत्रिएका थिए ।
सडकमा उत्रिएसँगै उनीहरुले नेताको घर जलाउनेदेखि सर्वोच्च अदालत, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, संसद भवनहुँदै सिंहदरबार भित्र प्रवेश गरी भौतिक संरचनादेखि सम्पूर्ण सवारी साधनहरु तोडफोड र आगजनी गरेर ध्वस्त बनाइदिएका थिए । तर, सिंहदरबार परिसर भित्र रहेको सेना, प्रहरी, गुप्तचर, सुरक्षा परिषद् सिंहदरबार भित्रै रहेता पनि बेखबर बनेर बसेको थियो । गुप्तचरले प्रदर्शनकारीहरु सिंहदरबार परिषद् भित्र प्रवेश गर्नेे पत्तो पाएन । यदि पाएको भए प्रदर्शनकारीहरु सिंहदरबार प्रवेश गर्ने थिएनन् ।
तर, गुप्तचर प्रहरीले अन्य सुरक्षा निकायहरुलाई जानकारी गराएको हुन्थ्यो भने सिंहदरबार भित्रको भौतिक संरचनादेखि सवारी साधनको क्षति हुने थिएन । किनकी प्रदर्शनकारीहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले रोक्न सक्ने सम्भावना पनि त्यतिकै थियो । गुप्तचरले न,त सुराकी गर्न सक्यो न, त प्रधानमन्त्री कार्यालयलाई नै जानकारी दियो । सेना र प्रहरीले सुचना प्राप्त गर्न नसकेर हो वा सुचना पाएर पनि प्रदर्शनकारीलाई सिंहदरबार भित्र प्रवेश गर्न रोक लगाउन सकेन । त्यो नगर्नु भनेको सेना र प्रहरी चुक्नु हो ।
सिंहदरबार भित्र दश हजारभन्दा माथि सेनाको जस्ता भएतापनि प्रदर्शनकारीहरुलाई सिंहदरबार प्रवेश गर्न रोक लगाउन नसकेको सर्वसाधरणहरुको भनाई छ ।
यो सँगै प्रहरी मुखदर्शक बनेको, गुप्तचर गुमनाम बनेको भन्दै सर्वसाधरण जनताले यस्ता सुरक्षा निकायबाट देशको सुरक्षा नहुने आकलन गर्न थालेका छन् । सबैभन्दा बढी चर्चा नेपाली सेनाको हुन थालेको छ ।
नेपाली सेनाले राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च, सिंहदरबार जोगाउन नसकेको आरोप जनताले लगाउन थालेका छन् । के यो देशको सेना ठेक्कापट्टा, पेट्रोलपम खोलेर व्यवसाय गर्ने संस्था हो भन्न थालेका छन् । सेनाले निगरानी राखेको भए भौतिक संरचना र निर्दोष युवाहरुको मृत्यु नहुने बताइन्छ । नेपाली सेना भरपर्दो र विश्वासीलो हो ।
तर, नेपालमा जेनजी पुस्ताहरुले गरेको आन्दोलनको कारण नेपाल सरकारको ठूलो भौतिक संरचना ध्वस्त हुँदा पनि सेनाले ध्यान नदिँदा सर्वसाधरण जनताहरु अचम्मित भएका छन् । सिंहदरबार भित्र रहेका दश हजार सेनाले सिंहदरबार वरिपरि घेरा दिएको थियो भने प्रदर्शनकारीहरुले सिंहदरबार र सर्वोच्च प्रवेश गर्न पाउने थिएन । त्योसँगै राष्ट्रपति भवनमा पनि क्षति हुने थिएन ।
सेनाले सुरक्षा दिएको भए प्रदर्शनकारीहरु प्रवेश गर्न पाउने थिएनन् ।
आन्दोलनकारीले सेना देख्ने बित्तिकै उनिहरु भाग्ने थिए । सेनाले गोली हान्छ भन्ने डर आन्दोलनकारी माथि हुने थियो । तर, आदेश नआएको भन्दै सेना पन्छिनाले आज देशको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । त्यो भौतिक संरचना निर्माण गर्न दशौं अर्ब लाग्ने भएको छ । त्यो लाग्नु भनेको नेपाल सरकारको भार थप्नु हो ।
