काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुले राखेका स्वकीय सचिव, राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारहरुले सही सूचना संकलन गरेर नेताहरुलाई सहजीकरण गर्न सकेनन् । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा र आइटी सल्लाहकार अस्कर अलीललगायतले सही सूचना दिन नसक्दा आज मुलुकसँगै एमाले पार्टीले नराम्रो क्षति बेहोर्नुपरेको छ ।
त्यसमा प्रेस सल्लाहकारहरु रामशरण बजगाईँ र प्रकाश सिलवालले पत्रपत्रिकामा आएका समाचार अध्ययन गरी सही सूचना दिनुपर्नेमा त्यो नगरी प्रेस सल्लाहकारको आडमा माफिया र तस्करहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिने काम मात्रै गर्दा आज प्रधानमन्त्री ओलीसहित मुलुकले ठूलो क्षति भोग्नु¥यो । एमालेसहित मुलुकलाई यो अवस्थामा पु¥याउन तत्कालीन प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासमेत भागिदार रहेका छन् ।
किन कि थापाका छुद्र अभिव्यक्तिले सामाजिक सन्जाला रंगिएका कारण प्रधानमन्त्री ओलीप्रति दिनप्रदिन जनआक्रोश बड्दै गएको थियो । त्यसैगरी राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको हितमा काम गर्नेभन्दा विदेशीको इसारामा चल्ने र युरोपियन युनियनको चाकडी गरी आर्थिक लाभ लिने उनको बानै हो भन्ने हल्ला जीफन्डतिर सुनिन्छ । रिमाल जीफन्डको पूर्वअध्यक्ष हुँदा युरोपियन युनियनसँग साठगाठ गरी राष्ट्र र पार्टीलाई हानीनोक्सानी पु¥याउने काम गर्दै आएका थिए ।
आज तत्कालीन प्रधानमन्त्री ओलीसहित देशमा यो संकट आइपर्दा रिमाल कुन दुलामा छन् भन्ने कुरा जानकारी छैन । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार भएको नाताले देशवासीमा आगजनी, तोडफोड र ज्यान गुमाएकाहरुप्रति सहानुभूति र दुःख प्रकट गर्नुपर्नेमा त्यो नगरी बसिरहेका छन् । बरु एमालेका पोलिट ब्यूरो सदस्य महेश बस्नेले देश र जनतासँगै पार्टी बचाउँको लागि सडकमा ओर्लिएका छन् । त्योसँगै अध्यक्ष ओलीलाई आफ्नो एरियाभित्र बसोबासको व्यवस्था मिलाएका छन् ।
उता, कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, राजनीति यात्रामा दाहिने हात मानिएका गृहमन्त्री रमेश लेखक, देउवा पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पत्रकारहरु उमिद बागचन्द, गोविन्द परियारलगायतले समयमा सही सूचना दिनुपर्नेमा त्यो नगरी उठ्तीपुठ्ती धन्दामा व्यस्त हुँदा आज यो दूर्दशा भोग्न देउवा वाध्य भएका छन् ।
सल्लाकार र देउवा निकट पत्रकारहरुले पनि देउवालाई देशको वस्तुस्थितिबारे सही सूचना दिन सकेनन् । मुलुक कतातिर जाँदै छ, सुरक्षा अवस्था कस्तो छ भनेर सूचना आदनप्रदान गर्ने गुप्तचर विभाग पनि यो घटनाबाट नराम्रोसँग चुकेको छ । पाँच–पाँच पटक प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति भइसकेका परिपक्व नेता देउवाले गुप्तचर र सुरक्षा निकायबाट सही सूचना पाउन सकेनन् । त्यसले गर्दा आज नेतासहित मुलुकले ठूलो क्षति बेहोर्न पुगेको छ ।
अर्कोतर्फ सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङले पनि सुरक्षा संयन्त्रको सही सूचनाको पहुँचमा रहेको पाइएन । जेनजी पुस्ताले २३ गते आन्दोलन गर्ने भनिरहँदा सुरक्षा निकायले २२ गते नै शान्तिसुरक्षाको व्यवस्था मिलाउनुपर्ने थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वयकारी भूमिका बनाएर अगाडि बड्नुपर्नेमा त्यो काम हुन सकेन । र, सुरक्षा निकाय चुक्न पुग्यो । सुरक्षा निकाय चुकेकै कारण मुलुकले आज यो क्षति बेहोर्नुप¥यो । सुरक्षा निकायलाई व्यवस्थित गर्न नसक्नुमा तत्कालीन गृहमन्त्री रमेश लेखक र मुख्यसचिव एकनारायण अर्यालको निकम्मापन नै हो ।