सर्वोच्च अदालतको गरीमा दिनप्रतिदिन खस्किँदै, न्यायाधीशहरुको सम्पत्तिमा सर्वसाधारणको नजर

राजनीति समाचार

काठमाडौं । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएयता न्यायक्षेत्र दिनप्रतिदिन निकम्मा बन्दै गएको छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समयदेखि न्यायाधीश नियुक्ति हुन सकेका छैनन् । न्यायाधीश नियुक्ति हुन नसकेकै कारण सर्वसाधारणका अधिकांश मुद्दाहरु ओझेलमा परेका छन् । मुद्दा मात्रै ओझेलमा परेका छैनन् अझ राजनीतिक दलले न्यायाधीश नियुक्ति गर्न नसक्दा कतिपय पीडितहरु झन् पीडित बन्दै गएका छन् । राजनीतिक पार्टीबाट नियुक्ति भएका न्यायाधीशहरुले राजनीतिक आडभरोसा र सडकको भीड हेरेर मुद्दाको फैसला गर्ने गरेका छन् । सर्वोच्च अदालतमा कतिपय मुद्दाहरु विगत लामो समयदेखि विचाराधिन अवस्थामा रहेका छन् । सो मुद्दाहरु उपर विभिन्न टिकाटिप्पणी पनि हुँदै आएका छन् ।

किन कि पहिला विभिन्न राजनीतिक दलका नेता बन्ने त्यसको आडमा आफ्नो दलको नेता रिझाएर पैसा र पावरको भरमा न्यायाधीश नियुक्ति हुने कारणले न्यायालयप्रति सर्वसाधारणको आशा मर्न थालेको छ । पञ्चायतकालहुँदै बहुदलीय प्रजातन्त्रसम्म आइपुग्दा राज्यबाट अन्यायमा परे तापनि न्याय दिने अदालत नै हो भन्ने मान्यता थियो । पछिल्लो समय सो मान्यता हराउँदै गएको छ । सर्वसाधारण नेपालीमा न्यायालयको भरोसा थियो । तर, लोकतान्त्रि गणतन्त्रसम्म आइपुग्दा त्यस्ता आशा र भरोसाहरु सर्वसाधारण जनताको लागि दन्तेकथा सावित हुन पुगेको छ ।

राजनीतिक भागण्डाकै कारण विगत लामो समयदेखि सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति हुन सकेका छैनन् । दुई तिहाई हाराहारी बहुमतको सरकार बनेको वर्षदिन पुग्न थालेको छ, कांग्रेस र एमाले मिलेर वार एशोसिएसनको नेतृत्व पनि हत्याएकै छन् तर, सरकार र वारको नेतृत्वले न्यायाधीश नियुक्ति गर्न पहल गरेको पाइँदैन । सर्वासाधारणको आशाको केन्द्र मानिएको न्यायाक्षेत्रमा न्यायाधीश नियुक्ति नहुँदा अधिकांश मुद्दाहरु फैसला हुन नसकेपछि पीडितहरु झन् पीडामा परेका छन् । न्यायालयमा न्यायाधीश नहुनुभनेको घुसखोरी र अन्याय मौलाउनु हो ।

कर्मचारी र नेताहरुलाई भ्रष्टाचारको मुद्दा लाग्ने तर न्यायाधीशहरुले अकुत सम्पत्ति आर्जन गरेको छानविन नहुनु कस्तो विडम्वना हो ? भन्ने प्रश्न आमसर्वसाधारणमा उठ्न थालेको छ । हुन पनि त्यस्तै भएको छ । अहिलेसम्म भएका प्रधानन्यायाधीश र न्यायाधीशहरु कुनै न कुनै काण्डमा नमुछिएको पाइँदैन । तर, उनीहरुको सम्पत्ति अहिलेसम्म छानविन भएको अवस्था छैन । त्यसले गर्दा पनि सर्वोच्च अदालत जस्तो गरीमामय निकायको बद्नाम हुँदै गएको छ । कतिपय न्यायाधीशहरुकै कारण संवैधानिक आयोगका विभिन्न मुद्दादेखि सर्वसाधारण जनताको मुद्दामा समेत हेलचेक्र्याइँ हुने गरेको छ । त्यसको गतिलो उदाहरण बनेको छ कांग्रेस नेता अफताब आलम । आलमलाई ज्यान मारेको अभियोग लागेर जेल परेका थिए । न्यायाधीशहरुकै कारण ज्यान मुद्दा खेपिरहेका आलमलाई सजाय अवधि नपुग्दै उन्मुक्ति दिइएको छ । यी र यस्तै कामले गर्दा न्यायाधीशहरु प्रति सर्वसाधारणको विश्वास गुम्न पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *