काठमाडौं । सशस्त्र प्रहरी बलमा विगत लामो समयदेखि विभिन्न नाकादेखि सिमा क्षेत्रभित्र रेखदेख गर्न खटिएका प्रहरी र उच्च तहका प्रहरीहरु आफनो कर्तव्य भन्दा भारतीय नाकाबाट चोरी तस्करी गर्नेहरुसँग मिलेमतो गरी ठुलो आर्थिक चलखेलमा मस्त हुने गरेको समाचार छ । उनीहरुले रुपन्देही जिल्लाको भैरहवा, पर्साको वीरगंज रक्सौल नाकाबाट हुने तस्करीबाट सिमा गस्तीको नाममा उठतिपूर्ति धन्दा चलाउने गरेको बताइन्छ । त्यसैगरी रसुवा, तातोपानी भन्सारलगायतका विभिन्न जिल्लामा रहेका छोटी भन्साबाट हुने चोरी तस्करी रोक्ने भन्दा पनि उनीहरुको कमाउ धन्दा फस्टाइहेको गुनासो बढेको छ ।
त्यसैगरी सशस्त्रभित्र हतियार खरिद देखि लत्ताकपडा राशन खरिदमा पनि ठूलो मात्रामा भ्रष्टाचार हुने गरेको गुनासाहरु बाहिर आइरहेका छन । त्यसको छानबिन नत सरकारी नियामक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न सकेको छ नत सम्बन्धित निकाय प्रहरी संगठनले नै । सशस्त्र प्रहरीमा सिमा सुरक्षा गर्ने भन्दा पनि सोसफोर्स र भनसुनमा कमाउ अड्डामा सरुवा हुनको लागि पैसा खर्च गर्ने पुरानै रोग हो । यसको उदाहरण सशस्त्र प्रहरीका उपनिरीक्षक ज्ञानप्रसाद भुर्तेललाई लिन सकिन्छ । उनी जहाँ सरुवा हुन खोज्छन, मालदार अड्डामा जानको लागि सोसफोर्स र पैसा खर्च त्यतिकै माहिर मानिन्छन ।
अन्य अधिकृतको तुलनामा भुर्तेल भने सशस्त्र हेडक्वाटर छाडेर बाहिर जानु परेको छैन । हेडक्वाटर मै बसेर चोचोमोचो मिलाउने र संगठनका लागि जग्गा खरिद कार्यमा व्यस्त रहने गरेको बताइन्छ । जग्गा खरिद गरेकै कमिसनबाट भुर्तेल मालामाल हुने गरेको संगठन स्रोतले दावी गरेको छ । उनले सशस्त्र प्रहरी बलको जग्गा खरिद गर्दा करौडौ रुपैयाँ कमाउन सफल भएका छन् । यहि कमाइको भरमा टोखास्थित स्वीमिङ पुलसँगै आलिसान महल ठडाएका पनि छन् । भुर्तेलले यो महल ठडाएसँगै विभिन्न ठाउँमा जग्गासमेत जोडेको उनी निकटस्रोतले बताएको छ । शसस्त्रको जागिर खाएर खासै उपनिरीक्षक दर्जाका अधिकृतहरुले जग्गा र घर जोड्ने हैसियत राख्दैन ।
उनले यो त मेरो बाबा लाउरे भएकै कारण कमाएको पैसाबाट यो घर र जग्गा जोड्न सफल भएको भन्दै आफ्ना साथी भाइहरुसँग बयान गर्दै आएका छन् । तर, भुर्तेलको कमाइ दिनप्रतिदिन बढ्दै गएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन । सशस्त्र बलले जहाँ आवश्यक जग्गा खरिद गर्छ त्यहि भुर्तेलले थोरबहुत खरिद गरिहाल्छन् । देशैभरी सशस्त्र बलले जग्गा खरिद गर्दा भुर्तेललको कर्के नजर परिहाल्छ । सशस्त्र प्रहरीले १५ नम्बर गणको जग्गा खरिद गर्दा त्यसको आसपास पारेर उनले २० रोपनी जग्गा जोडेका तामाकोशी सन्देशले केहि हप्ता अगाडि नै समाचार सम्प्रेषण गरिसकेको छ ।
त्यसैगरी सशस्त्र प्रहरीले जग्गा खरिद गर्दा भुर्तेलले ८ आना जग्गा पनि एपीएफ नजिकै लिएको बताइन्छ । सो जग्गा उनले मेडिकल सञ्चालनको लागि भाडामा दिएको जानकारस्रोत बताउँछ । झापामा सशस्त्र प्रहरीले जग्गा खरिद गर्दा त्यहि आँडमा उनले तीन बिगा आफ्नो नाममा पारेकोसमेत समाचारस्रोतले बताएको छ ।
यस्ता भ्रष्ट उपनिरीक्षक प्रहरीलाई कसले कारबाही गर्ने भन्ने चर्चा सशस्त्र प्रहरीबल भित्र चलिरेहको छ । यो जग्गा जोडेको नालीबेली यसअघि नै तामाकोशी सन्देशले सार्वजनिक गरिसकेको छ । तामाकोशी सन्देशले समाचार सार्वजनिक गरेपछि केहि आउरे भाउरे पत्रकारलाई यो मेरो समाचार कसरी छापिन पुग्यो, समाचार दिने व्यक्ति हेडक्वाटरकै हो भनेर खोजिवीन गरेको बताइन्छ । उनले जे होस् समाचार मिलाउन पर्छ भन्न पनि भ्याइसकेको समाचारस्रोतले उल्लेख गरेको छ । सशस्त्र प्रहरीले भक्तपुरको गृजेश्वरीस्थित २२ नम्बर गणको जग्गा खरिद गर्दा पनि भुर्तेलले करौडौ भ्रष्टाचार गरेको बताइन्छ ।
सरकारी जग्गा व्यत्तिको नाममा ल्याई हाल साविक गरी गोरेटो बाटोलाई ठुलो बाटो बनाएको र ठुलो बाटोलाई सानो गोरेटो बाटो बनाएर भ्रष्टाचार गरेको आरोप उनीमाथि लागिरहेको छ । आरोप मात्र लागेको छैन सशस्त्रको जग्गा खरिदको विषयमा सर्वाेच्च अदलतमा मुद्दा विचारधिन अवस्थामा रहेको बताइन्छ । यस्ता भ्रष्ट उपनिरीक्षक भुर्तेललाई बर्तमान नागरिक सरकार र महानिरीक्षक राजु अर्यालले कस्तो छानबिन गर्छन भन्ने चर्चासमेत सशस्त्रबल भित्र चल्ने गरेको छ ।