एसबिआई मर्चेन्ट बैंकिङको लाभांश पारित

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको १०औंैं वार्षिक साधारण सभासोमबार बैंककोप्रधान कार्यालय कमलादीमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१÷८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, असार मसान्त २०८२ सम्मको वासलात, नाफा–नोक्सान विवरण र सम्बन्धित अनुसूची पारित गरेको छ । साथै, सभाले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले कुल ५ करोडबराबर रुपैयाँको नगद लाभांश (लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी, सभाले आव २०८२÷८३ को लेखापरीक्षणका लागि मेसर्स एपी एन्ड एसोसियट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *