काठमाडौं । जनताले मत दिएका प्रतिनिधिले व्यवसायी र उद्योगीसँग मिलेर सरकारी सम्पत्ति कसरी नष्ट गर्छन् त्यो हेर्न टोखा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरोत्तम राना र वडा नम्बर ५ का पूर्व अध्यक्ष जगन्नाथ ढकालको पौरख हेरे पुग्छ । ढकालले ईश्वर पोखरेललाई दक्षिणा नबुझाउँदा वडा अध्यक्ष पदमा दोहरिन पाएनन् । नरोत्तम पुनः दोहोरिएका छन् ।
रानाले नमूना टोलमा १ रोपनी भन्दा बढी सार्वजनिक जमीन बाबु बाजेको सन्धिसर्पन भन्दै कब्जा गरेर सटर बनाई भाडामा लगाएका छन् । टोखा नगरपालिका वडा नम्बर ५ को १४ रोपनी जमीनमा भाडा लगाएर हजाम गरिरहेकाहरुको कब्जाबाट जमीन खोस्यो जग्गाको पहिचान ग¥यो । त्यहीं जग्गाबाट इशान बाल तथा महिला अस्पताललाई झण्डै एक रोपनीमा बाटो दिलाएर जगन्नाथ ढकालले खल्ती भरेका छन् । अहिले इशान अस्पतालले आफ्नो जग्गा भन्दै कब्जा गरेको छ । जबकी त्यो अस्पतालले बाटो खोल्दा पनि त्यहाँको जमीन सार्वजनिक थियो ।
वडा कार्यालयले बाटोको सीमाना निर्धाण गरेको ठाउँसँग जोडेर सार्वजनिक जमीनमै इशासन अस्पतालले बाटो पाउँछ भने सार्वजनिक जमीनमै तारबार लगाएर इशासन अस्पतालले भूमि मिचेको रुपमा पहिचान बनाउँदै छ । त्यो अस्पतालले श्री समाजतर्फ ३ आना जमीनसमेत मिच्दा समाजमा एमालेका चिरञ्जीवी केसी अध्यक्ष थिए । केसी एमाले काठमाडौं जिल्ला सदस्यसम्म भएका थिए । ढकाल अध्यक्ष हुँदा केसी वडा सदस्य थिए । अहिले पनि टोखा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेकै मदन गुरुङ छन् । उनलाई जनताको चासो छैन ।
खानेपानी, बिजुली, सडक जस्ता कुरामा ध्यान दिँदैनन् । सरकारको तलबी कर्मचारीभन्दा फरक पन उनमा छैन । नगरपालिकाले जग्गामा भएका भौतिक संरचना हटाउँदा उनी मुकदर्शक भएर बसे । उनको जोड माफियासँग मिलेर सार्वजनिक जमीन दोहन गर्नेमै थियो ।
प्रदेशको बजेटले बनेको खानेपानी योजनाको (बोरिङ) ल्याउन जोड गरेका जगन्नाथ भने त्यो बोरिङ्गको शक्ति अनुसार पानी सञ्चालन नभएको बताउँछन् । तर, नगरपालिकालाई त्यसप्रति चासो छैन । जनताले विस्वास गरेको जनप्रतिनिधिले घात गर्दा इशान अस्पतालले सार्वजनिक जमीन आफ्नो भन्न पाएको छ भने नरोत्तम रानाले त्यस्तै जमीन बाबुबाजेको सन्धीसर्पन भन्दै कब्जामा लिइरहेका छन् । इश्वर पोखरेलका स्वश्वास पात्र मानिएका नरोत्तमको समूह जमीनको कारोबार पनि गर्दछन् ।
दीपक कुँवर नाम गरेका भूमाफियालाई साथमा लिएर यस्तो धन्दा चलाउने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत ऋषिराम अर्याल भने रु ९ करोड सम्पत्तिको श्रोत देखान नसक्दा अख्तियारको फन्दामा परेका छन् । उनले सरकारी जमीन व्यक्तिलाई भोकाधिकार दिएर ग्राण्डी अस्पतालसँग राम्रै रकम हजाम गरेका थिए ।
