कल्याण श्रेष्ठको डिजाइनमा, गणपति श्रेष्ठको मन्त्री पद चैट,

राजनीति समाचार

गणपति श्रेष्ठको मन्त्री पद चैट ! काठमाडौं। सुशीला कार्की प्रधानमन्त्री नियुक्त
भएको महिना दिन पूरा भइसकेको छ तर अझैसम्म क्याविनेटले पूर्णता पाउन सकेको छैन । बरु यो बीचमा एक पछि अर्को विवादस्पद् व्यक्ति मन्त्रीको रुपमा सिफारिस गर्दै व्याक हुने क्रम जारी छ ।

जस्तो अंगीकृत नागरिकताधारी डा संगीता मिश्रादेखि बब्लु गुप्ता र खगेन्द्र सुनारमात्र होइन गणपति श्रेष्ठसम्म । यीमध्ये बव्लु गुप्ता उर्जामन्त्री कुलमान घिसिङ्गको सिफारिसमा, खगेन्द्र र गणपतिहरु पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठको सिफारिसमा मन्त्रीका लागि सिफारिस भएका हुन । मन्त्री नियुक्त भएका बब्लु जो तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेथितिविरुद्ध कानून व्यवसायीको आन्दोलन हुँदा चोलेन्द्रको पक्षमा आन्दोलनको अग्रमोर्चामा थिए। चोलेन्द्र शमशेर राणाको पक्षमा छ ।

उनी कुलमानसँग २०७७ सालदेखि नजिक रहेको खुलेको छ । यता पर्यटनमन्त्रीका रुपमा चर्चा भएका गणपतिलाई समेत पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले नै अगाडि सारेको खुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनबाट हठात भूमिमा सारेपछि उनले मन्त्रीको शपथ लिएनन् । सम्पदा बचाउ अभियानको क्रममा गणपति र कल्याण श्रेष्ठबीच चिनजान भएको खुलेको छ । यस्तै पक्राउ पूर्जी जारी भएका खगेन्द्र सुनारलाई समेत उनै कल्याणको योजनामा अगाडि सारिएको विषय खुल्दैछ । यसैबीच वर्तमान सरकार गठन भएको महिना दिन नपुग्दै विकल्प खोज्न थालिएको छ ।

जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई गृहमन्त्री ओमप्रकाश अर्याललाई बर्खास्त गर्न वालेन साहको समूहले दवाव दिएकोभए पनि सुशीला कार्कीले वालेनको योजना अनुसार काम नगरेपछि यो सरकार नै परिवर्तन गर्ने गरी केही समूह लागेको स्रोतको दावा छ । ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेटसहित नियुक्ति पाएकी सुशीला कार्कीले कैपी शर्मा ओली र रमेश लेखकहरुलाई पक्राउ गर्न नसकेपछि वालेन साह फायर हुन पुगेका हुन । सुशीला स्वभावैले हठी छिन् ।

उनको र केपी शर्मा ओलीको स्वभाव करिब करिब मिल्छ भन्छन्, उनीहरुलाई नजिकबाट चिन्ने र जान्नेहरु। तर, जुँगाका रेखी नबसेका नव जवानहरुले थर्काउन थालेपछि उनी आजित हुन थालेको बिषय प्रधानमन्त्री कार्की निकट सूत्रहरु बताउँछन् । आगामी ड्ड २१ फागुनमा चुनावको मिति तोकिएको छ । चुनावको मुखमा गृह मन्त्रालयले ३६ जना सहसचिवहरुको सरुवा गर्दा सरुवाको सूची हेर्दा गृहकै कतिपय कर्मचारीहरु नै सरकार चुनाव भाड्ने योजना अनुसार कर्मचारी सरुवा गराएको टिप्पणी हुन थालेको छ । उता भित्रभित्रै सत्ता परिवर्तनको खेल शुरु भएको चर्चा छ। सुशीला कार्कीलाई हटाएर कल्याण श्रेष्ठलाई चुनावी सरकारको नेतृत्व दिने बिषयमा भित्रभित्रै छलफल भइरहेको छ ।

स्रोतका अनुसार, चुनावी सरकारको नेतृत्वमाकल्याण श्रेष्ठ वा चोलेन्द्र शमशेर जबरामध्ये एक हुन सक्नेछन् । कल्याणको नाम यस अगाडि नै प्रधानमन्त्रीको रुपमा चर्चामा थियो तर उनी पहिले व्याक भएका थिए। श्रेष्ठसँगै अर्का प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम पनि अघि सारिएको छ । यसका अलवा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम समेत अगाडि रहेको छ ।

विभिन्न शक्तिकेन्द्रले कार्की नेतृत्वको सरकारलाई विस्थापित गर्दै नयाँ सरकार गठन गर्ने तयारीका साथ छलफल चलाइरहेका छन्। अहिलेको सरकार उत्तरी छिमेकी मुलुक र दक्षिणी छिमेकी मुलुकलाई समेत जिल्लाराम खुवाउँदै गठन भएको हो । त्यही कारणं नयाँ सरकार आफूअनुकूलको बनाउने शक्ति केन्द्रहरुको सक्रियता बढाएको स्रोतहरुको दावा छ ।

जस अनुसार, उत्तरी छिमेकी चीनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने खोजेको छ भने यस्का अलवा अरु शक्ति राष्ट्रले पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठ,वावुराम भट्टराई,चोलेन्द्र शमशेर जवराको नाम अगाडि सारेको छ। पूर्वराष्ट्रपति र दुई जना पूर्वप्रधानन्यायाधीश नयाँ सरकारको नेतृत्व गर्न तयार भएको बताइएपनि नयाँ सरकार गठनको आधार भने देखिसकिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *