जेनजीको नाममा अवसरवादीहरुको लर्को

राजनीति समाचार

रामचन्द्र बस्नेत
जेनजी आन्दोलनपछि राजनीतिक दलहरु गुमनाम जस्तै भएका छन् । राजनीतिक दलहरु गुमनाम भएपछि देशमा जेनजीको नाममा फाइदा लुट्न खोज्नेहरु हावी हुन थालेका छन् । सुरक्षा निकाय गुमनाम जस्तै भएको छ । सुरक्षा निकाय कमजोर हुँदा सर्वसाधारणले असुरक्षा महसुस गरिराखेका छन् । चाडवाडको मौका छोपेर कालाबजारी, भ्रष्टाचारी, विचौलिया र माफियाहरुले सबैतिर फाइदा उठाइरहेका छन् । त्यसको गतिलो उदाहरण बनेको यतिबेला यातायात क्षेत्र ।

चाडपावको फाइदा उठाउँदै यातायात व्यवसायीहरुले व्यापक रुपमा यात्रुहरुलाई ठग्ने काम गरिारखेका छन् । त्योसँगै हवाइ क्षेत्रमा पनि विचौलिया र माफियाहरुले फाइदा उठाइरहेका छन् । प्रहरी प्रशासन र अनुगमन गर्ने निकायका कर्मचारीहरु गुमनाम भइराखेका छन् । देशको शान्तिसुरक्षामा ध्यान दिनुपर्ने गृहमन्त्री ओमप्रकाश अर्याल धमिलो पानीमा माछा मार्ने काम गरिराखेका छन् । देशको तीनै तहमा यो सरकारको उपस्थिति देखिँदैन । प्रहरी प्रशासनको उपस्थिति नहुँदा यात्रुहरु बाटोमा अलपत्र परिराखेका छन् । चुनावी सरकारका मन्त्रीहरु आ–आफ्नै तालमा हिँडिरहेका छन् । सरकार बनेको डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

यो सरकारको काम पनि चुनाव गराउने मात्र हो । चुनाव गराउनको लागि शान्तिसुृरक्षा मजबुत बनाउनुपर्ने हुन्छ । तर, सरकारको ताल हेर्दा चुनाव गराउन त पुरैको कुरा देशमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूमिसमेत दिन सकेको छैन । प्रहरीहरु आ–आफ्नो कार्यक्षमा समेत जान सकेका छैनन् । प्रहरी कार्यालय जलाएर हातहतियार र पोशाक लुटपाट भएकाले सर्वसाधारण जनताले प्रहरी कार्यालय स्थापना गरेर प्रहरी खोजेर राख्नुपर्ने स्थिति भएको छ । यता सरकार भने चुनावको नाममा ठेक्का पट्टा लगाउने विद्युतको लाइन काट्न र सिडियो सरुवा गराउन व्यस्त छ ।

कर्मचारी र सुरक्षा निकायहरुले पनि यो सरकारलाई पत्याएका छैनन् । सुरक्षा निकाय र कर्मचारीहरु यतिबेला पर्ख हेरको अवस्थामा रहेका छन् । सरकारले यस्तो विषयमा ध्यान दिनुपर्नेमा विकास निर्माण, विदेश भ्रमण र आफू अनुकूलका कर्मचारी सरुवामा व्यस्थ छ । चुनावी वातावरण बनाउन यो सरकारले सकेको छैन । स्थानीय र प्रदेशका सर्वसाधारण जनताले चुनावको चाहना राखेका छैनन् ।
उता, लामो समयदेखि देशको बागडोर सम्हाल्दै आएका राजनीतिक दलहरु गुमनाम जस्तै भएर बसको छन् । देश र जनताको शान्तिसुरक्षाको लागि एकजुट भएर लाग्नुपर्ने दलहरु आन्तरिक झगडामा लागिपरेका छन् । ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले यो चुनावको पक्षमा देखिएका छैनन् ।

यी दुई दल पार्टीको आन्तरिक नेतृत्वमा नै व्यस्त छन् । उता, माओवादी केन्द्र र एकीकृत समाजवादी वाम एकतामा लागिपरेका छन् । उनीहरुले वाम एकता गर्न खोजे तापनि विप्लबलगायत केही साना वामपन्थी दलहरु भाड्न लागिपरेका छन् । त्यसले गर्दा वाम एकताको विषय पनि ओझेलमा पर्ने देखिन्छ । उता, राष्ट्रिय स्वतन्त्र पार्टी चाहीं डिपी अर्यालको नेतृत्वमा चुनावमा जाने तयारी गर्न थालेको छ । ठूला दल कांग्रेस र एमालले नेतृत्व फर्ने कुरा गरिरहँदा देशमा अशान्ति मच्चिँदै गएको छ । देशैभरि संगठन बलियो भएको एमाले र कांग्रेसले साथ नदिएको खण्डमा चुनाव हुने सम्भावना देखिँदैन । त्यसले गर्दा पनि कांग्रेस र एमाले संमेमित भएर देश र जनताको लागि अगाडि बढ्नुपर्ने आमसर्वसाधारणको बुझाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *