महेशका दूत खेलकुद मन्त्री

राजनीति समाचार

काठमाडौं । सत्तामा गठबन्धन गरेका कारण कांग्रेस र एमाले वर्तमान परिवर्तनका विरोधी छन् । बब्लु गुप्ता एमालेका युवा नेता महेश बस्नेतको इशारामा उनकै रखैल शोभा पाठकलाई कोठामा थुनेर दूर्गा प्रसाईँविरुद्ध मिडियामा बोल्न लगाउने पात्र थिए ।

त्यो सत्य उनै शोभाले भिडिओमै बताएकी छिन् । जेनजीका विरुद्ध लागेका बस्नेतलाई पाठकले प्रहरीमा दिएको उजुरी दबाएर सत्ता र शक्तिको आड लिइएकै हो । आज जेनजी सरकारले पूर्णता नपाउँदा खुसी हुने महेशको आवाज उनै शोभाले बोलेकी छिन् । उनले बस्नेतको समूहले आफूलाई दुर्गा प्रसाईँका विरुद्ध बोल्न लगाउँदा अहिलेका युवा खेलकुद मन्त्री बब्लु गुप्ताले भिडियो खिचेको बताएकी छिन् । महेशले कति पैसा दिए र बब्लु क्यामेरा लिएर पाठकलाई प्रसाईंँविरुद्ध बोल्न उक्साउन पुगे ? यो प्रश्न त्यो बेला उठ्यो जुनबेला प्रधानमन्त्री शुशिला कार्कीको मन्त्रिमण्डल तेस्रो पटक विस्तार हुँदै थियो ।

त्यो मन्त्रिपरिषद्मा खगेन्द्र सुनुवार श्रम र गणपतिलाल श्रेष्ठ भूमि व्यवस्थामन्त्रीका रुपमा सिफारिस भएपनि समाजमा बढी टिकाटिप्पणी भएपछि मन्त्री हुनबाट पछि हटेका हुन् । सरकारले पूर्णता पाउन तीन महिना लाग्छ सक्छ । किन कि दुई तिहाईको घमण्डले भरिपूर्ण केपी ओली सरकारको ताल त्यस्तै थियो ।

आज ओलीका सुरक्षा गार्ड बनेर उभिएका महेश बस्नेत विरुद्ध प्रश्न उठ्दैन । किन कि उनले नै पूर्व प्रधानमन्त्री ओलीको रक्षा गरेका छन् । ८ लाख ५० हजार कार्यकर्ता भएको मुलुकको ठूलो दल नेकपा एमालेको भदौ २३ गतेको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति निवर्तमान प्रधानमन्त्रीले खुःख प्रकट गर्छन् न त एमाले पार्टीले समवेदना प्रकट गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *