काठमाडौ । राजनीति चेतना नभएको विदेशी शक्तिकेन्द्रले सञ्चालन गरेका ‘हामी नेपाल’ समूहका अभियान्ता सुदन गुरुङ र एमाले अध्यक्षा केपी शर्मा ओलीको आगामी फागुन २१ को निर्वाचन सम्बन्धी धारणा एउटै भएको छ । निवर्तमान प्रधानमन्त्री केपी ओलीले कार्की सरकारले यही स्थितिमा चुनाव गर्न सक्दैन भनिरहेका छन् । किन कि जसका बलले यो सरकार बनेको थियो त्यही शक्ति एकजुट छैन । छिन्न भिन्न भएको शाक्तिलाई एकजुट हुने विचार, सिद्धान्त र कार्यक्रमले निर्देशन गरेको छैन भन्ने ज्ञान एमाले अध्यक्षलाई छ ।
त्यहीकारण भनिरहेका छन् चुनाव हुन्न । अध्यक्ष ओलीले संसद् पुनःस्थापना गरेर जेननीका माग सम्बोधन गर्नेगरी संविधान शंसोधन गर्नुपर्छ भनेका छन् । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई जारी छ । एमाले अध्यक्ष केपी ओली अहिले जेनजी आक्रमणको शिकार बनाईएका छन् । तर पनि पार्टीभित्रको साथ उनले पाएका छैनन् । सर्वदलीय सहमति जुट्ने अवस्था पनि छैन । लगभग ओलीको आवरण मिल्ने जेनजी पुस्ताभित्र ९ थरी अनुहार छन् । उनीहरुलाई कहाँबाट कसले सञ्चालन गर्छ त्यो निश्चित छैन । तर, उनीहरुका एजेण्डा मिल्दाजुल्दा छन् । प्रस्तुती फरक छन् । यो पुस्ताले मन्त्री परिषद्मा पठाएको बब्लु गुप्ता पैसा कमाउन जोसँग पनि मिल्ने स्वभावका छन् । गृहमन्त्रालय हाँकेका ओम प्रकाश अर्याल आफै पनि कानून बुझेको भए पनि प्रजिअ सरुवालाई अस्थिरताले गाँजेको छ ।
प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव यही संविधानले गर्न दिँदैन । किन कि संविधानमा कार्यकारी प्रमुख नै सर्वैसर्वाका रुपमा स्थापित छैन । संघियता खारेजी पनि गणतन्त्रमा सम्भव छैन । बरु निर्वाचन क्षेत्र घटाउने, संसद् संख्या घटाउने, योग्यता तोक्ने जस्ता मापदण्डहरु राख्न सकिन्छ । संसदको टिकट व्यापारी, गुण्डा, तस्करलाई बेचेर नीतिनिर्माण तहमा भएको हस्तक्षेप पनि हटाउन सकिन्छ । एमाले अध्यक्ष केपी ओलीले जेनजी पुस्ताको माग सम्वोधन गर्न सकिन्छ भन्नुको कारण छन् । निर्वाचनको लागि सर्वदलीय सहमति, सरकारले त्यसतर्फ सोचेकै छैन । चुनावका बारेमा एमाले अध्यक्ष ओली र जेनजी अगुवा गरुङको संयोग हुन सक्छ ।

