संकटमा कांग्रेस, मिलाउँदै देउवा

राजनीति समाचार

काठमाडौं । नेपाली काग्रेस आफैभित्रको आन्तरिक द्वन्द्वले ग्रस्त छ । जुन कांग्रेस निर्वाचन की महाधिवेशन भन्न द्वन्द्वमा रुमलिएको छ ।सत्तामा रहँदा भ्रष्टाचारले सुनिएका डा. आरजु राणा देउवा र दिपक खड्काजस्ता भष्मासुरहरुको रक्षक बनेका शेर बहादुर देउवा जेनजी आन्दोलनले नाङ्गेझार हुँदासमेत पार्टीलाई निणर्यहीन गराउन तल्लिन छन् ।

युवा पुस्ताको नाउमा देखिएका गगन थापाजस्ता भ्रष्टचारका रक्षकहरु पार्टीभित्रको द्वन्द्व हटाउने पक्षमा छैनन् । कुरा चर्का गर्ने प्रचारका भोका गगनहरूको पार्टीप्रतिको लगाव जसरी प्रदर्शन भएको छ, त्यसले दोस्रो प्रस्तालाई छोएको छैन । चाकडी गर्ने र घुस लिनेसम्मका कर्म राजनीतिभित्र बढाउने काम कांग्रेसले गरेको छ ।

आन्दोलनले दिएको म्यान्डेटअनुसार बनको सरकारको काममा कांग्रेस ठूलो दल भएको नाताले सघाउनु पथ्र्यो । तर, कथमकदाचित सर्वोच्चले संसद् पुनःस्थापना गरायो भने ठूलो दल कांग्रेसले सर्वदलीय सरकारको नेतृत्व गर्ने आँट गर्ला भन्ने आमविस्वास पनि अब भएन । किन की संसद पूनःस्थापना हुँदा त्यो जेननी पुस्ताले ल्याएको प्रदेश खारेजी, संघीयता र गणतन्त्रको विरुद्ध हुन्छ । किन की ठूलाले विगारेका हुन् । राज्यको दोहन गर्न स्थानीय तहका जनप्रतिनिधिमाथि तलबी कर्मचारीको रुपमा स्थापित गर्ने यिनै हुन्, जो १४ वर्षदेखि लुटधन्दा चलाइरहेका छन् ।

पछिल्लो प्रस्ताका रास्वपा, नाउपा जनमत पार्टीहरुको हविगत देखियो । रास्वपाका सभापति सहकारी ठगी काण्डमा जेलमा छन् । जेल पर्दा पनि पार्टी सभापति उनै छन् । त्यहाँबाट सुमना श्रेष्ठ र मदन परियारले बाटो तताए । जनमत पनि फुट्यो, नाउपामा रेशम चौधरी र रन्जिता श्रेष्ठबीचको विभाजनले पनि ठूला दलकै रोग लागेको छ । एमालेभित्र गुटको लडाईँ छ । माओवादी एकताका नाउमा ११ जनाको एउटै बोट बन्दैछ । जनार्दन र सुदन जस्ताको गठबन्धन एकै ठाउँमा अडिन नसको डा. बाबुराम महराईसँग कति टिक्छ ।

नेपाल राष्ट्रको भलो चिताउने नेकपा एमाले बलियो छ । तर, मंसिरमा महाधिवेशन गर्ने तयारीलाई एमाले अध्यक्ष ओलीको एकल हैकम स्वीकार गर्न नसक्ने केही नेताहरुले बताइरहँदा पार्टीको वृहत्तर एकतामा काँडा प्रवेश गर्ने त होइन ? किन कि अध्यक्ष ओलीकै एकल निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको क्रियाशील सदस्य बन्न नदिने घोषणा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *