काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुने भएको छ ।
जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ । केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आयातकर लाग्ने अनुमान गरिएको छ । जुन ५० प्रतिशतसम्म पनि हुनसक्छ । जुन अप्रिल ९ बाट सुरु हुने बताइन्छ ।
ट्रम्पले बेलायती बस्तुमाथि १० प्रतिशत आयातकर लाग्ने बताएका छन् भने युरोपेली संघलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी सवारी साधनमा २५ प्रतिशत आयतकर लाग्ने र जुन बिहीबार मध्यरातिबाट लागू हुने अधिकारीहरुले जनाएका छन् ।

