मन्त्री भण्डारीले केयुकेयलको विकृति हटाउन सक्लान् ?

राजनीति समाचार

काठमाडौं । सरकारले सय दिन पार गरेपछि प्रधानमन्त्री शुशिला कार्कीले सम्हाल्दै आएको खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन् । खानेपानी मन्त्रालय विगत तीन महिनादेखि मन्त्री बिहीन अवस्थामा थियो । भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापन कसरी गर्छन् भन्ने सर्वसाधारणमा चासो बढेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार पौडेलले केयुकेयललाई चलायमान बनाउन नसकेको आरोप खेप्दै आएका छन् । सिईओ पौडेललाई हटाउन विगत केही महिना अगाडि केयुकेयलका कर्मचारीहरुले आन्दोलन गरेका थिए । कर्मचारीहरुले सिईओ पौडेलले राजीनामा दिनुपर्ने माग राखेर आन्दोलन गरे तापनि उनी राजीनामा नदिई मासिक ३ लाख तलब खाएर बसिरहेका छन् । पौडेललाई मासिक रुपमा ३ लाख तलब खाने तर केयुकेयलभित्रको विकृति, विसंगति हटाउन नसकेको आरोप पनि त्यत्तिकै छ ।

अर्कोतर्फ केयुकेयलको करोडांै पैसा फिक्स डिपोजिटमा राखेर बैंकबाट आउने ब्याज हिनामिना गरेको आरोपनि पौडेलमाथि लागिरहेको छ । त्यसै विषयलाई लिएर कर्मचारीहरुले नवनियुक्ति मन्त्री भण्डारीलाई सिईओविरुद्ध ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् । तर, कर्मचारीहरुले त्यो ज्ञापनपत्र कहिले बुझाउने हुन् त्यो निश्चित भइसकेको छैन । नेपाल सरकारको संस्थानबाट सबैभन्दा धेरै तलब सुविधा पाउनेमा केयुकेयलका सिईओ पौडेल रहेको बताइन्छ । त्यतिधेरै तलब सुविधा पाउने कर्मचारीले संस्थाको हितमा काम नगरेको आरोप उनीमाथि लागिरहेको छ । त्यसले गर्दा पनि कर्मचारीहरुले पौडेलविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

अर्कोतिर काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका निर्देशक लक्ष्मी उपाध्याय र केयुकेयलका सिईओ पौडेलबीचको मिलेमतोमा केयुकेयललाई बन्धक बनाएको बताइन्छ । अनामनगरस्थित आयोजना निर्देशनालय प्रशासन प्रमुख राजेन्द्र बमलाई जिम्मेवारीबिहीन बनाएर तल्लो तहका कर्मचारी महत्वपूर्ण कामको जिम्मेवारी दिइएको छ । बलमे पौडेल र उपाध्यायले भनेको नमान्दा उनलाई कामबिहीन बनाइएको हो । (पीआईडी)मा स्टेशनरी खरिद, गाडी मर्मत, भौतिक संरचना निर्माणको जिम्मासमेत तल्लो तहका कर्मचारीलाई दिएर आर्थिक लाभ लिइरहेका छन् । त्यहाँबाट आउने कमिसनबापतको रकम लेखाफाँटका कर्मचारीले समेत पाउँदै आएका छन् ।

उता, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भैंसेपाटीका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले दुई कार्यकाल बिताएर विदा लिएका थिए । तर, तत्कालीन सरकारले अर्को कार्यकारी अधिकृत नियुक्त नहुँदासम्म कार्यवहाकको जिम्मेवारी उनै राणालाई दिएको थियो । राणाले पनि करिव ४, ५ महिना कार्यबहाकको जिम्मेवारी निर्वाह गरेका थिए । नयाँ कार्यकारी अधिकृतको लागि नेपाल सरकारले दरखास्त आह्वान गरेको थियो । त्यसमा डोल प्रसाद चापागाईँ र ईश्वर प्रसाद सर्ट लिस्टमा परेका थिए । तर, बोर्डमा भने डोलप्रसाद चापागाईँले बाजी मारेका छन् । उता केयुकेयल भने भद्रगोल अवस्थामा गुज्रिइरहेको छ । खानेपानीको पाइप बिछ्याउनेदेखि ठेक्कापट्टाको कामसमेत हुननसकेको, मेलम्ची खानेपानी आयोजनालाई व्यवस्थापन गर्न नसकेको, संस्थाभित्रको भ्रष्टाचार र विकृतिलाई हटाउन नसकेको आरोप पौडेलले खेपिरहेका छन् । नवनियुक्त मन्त्री भण्डारीले काठमाडौं खानेपानी लिमिटेड (केयुकेयल) भित्रको विकृति, विसंगतीलाई कसरी व्यवस्थापन गर्न सक्छन् त्यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *