भोला खतिवडा
सामुदायिकवन नेपालको सफलजनआधारित प्राकृतिक स्रोत व्यवस्थापनको नमूनाहो। यस अभियानकोलामो यात्रामायसले वन संरक्षण, स्थानीय रोजगारी, सामाजिक परिचालन र समावेशीविकासमामहत्वपूर्ण योगदानदिएको छ। तर समयसँगै सामुदायिकवनले नयाँचुनौती र सम्भावनाको सामना गरिरहेको छ ।
यही सन्दर्भमा चितवनजिल्लामा सम्पन्न‘सामुदायिकवनमायुवाहरुको प्रतिनिधित्वसँग सम्वन्धीतडिभिजनस्तरीय युवा संवाद’आयोजनाभएको छ ।संवादकार्यक्रममाचितवनजिल्लामा रहेका सामुदायिकवनहरुमा नेतृत्व गरिरहेका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । संवादप्रदेश वनतथावातावरणमन्त्री, जिल्ला समन्वय समितिचितवनको प्रमुख, फेकोफनचितवनको अध्यक्षको समेत उपस्थीति रहेको थियो । यस संवादबाट जारी चितवनघोषणापत्र सामुदायिकवनआन्दोलनलाई नयाँदिशातर्फ उन्मुख गराउने दस्तावेज बनेको छ।
फरक तथारोचक शैली
३० वर्ष मुनी उमेर समूहका २७जनाअनी ३० देखि ४० वर्षसम्मका ४३ जनाथिए । तिनविस नाघेका ४ जना सहित गरी एक सय भन्दा केहीवढिको उपस्थीतिथियो । ४० वर्षमुनीका सामुदायिकवनका नेताहरुलाई आमन्त्रण गरिएको थियो, कार्यक्रममा । डिभिजनवनकार्यालय चितवनले निम्ता गरेको थियो । तराई भुपरिधीतथा संरक्षणकार्यक्रमको सहकार्य थियो । यहाँप्रमुखअतिथीगादामाला जस्ता विषयले प्रवेश पाएको थिएन । प्रमुखअभिभावकवागमतीप्रदेश वनतथावातावरणमन्त्री भरत केसी हुनुहुन्थ्यो । त्यसै गरि जिल्ला समन्वय समितिचितवनकाप्रमुखनारायण प्रसाद अधिकारीपनि सहभागीहुनुहुन्थ्यो । फेकोफनचितवनको अध्यक्षविष्णु सापकोटाको उपस्थीतिथियो । डिभिजनवनकार्यालयको चितवनको टिमथियो । केहि सञ्चारकर्मीहरुको उपस्थीतिथियो ।
डिभिजनवनकार्यालयकाप्रमुखविष्णु आचार्यले कार्यक्रमसञ्चालन गर्न तम्सनु भयो । पुरानाचलनचल्तीकाकार्यक्रमहुन्थ्यो भने उहाँअध्यक्षताको आशनग्रहण गरी वस्ने भूमिकाहुन्थ्यो । आचार्यले सवैलाई सम्वोधन गर्नु भयो । वनतथावातावरणमन्त्री र अन्यपाहुनाहरुले पहिला नैं आशनग्रहण गरिसक्नु भएकोले फेरी उठाएर नमस्ते गर्न लगाएर बस्न भनिएन । तर सम्मानमाकमिपनि गरिएन । त्यसै गरी सवैले सबैलाई तालिमवजाएर स्वागत र संवाद सुरुभएको भनियो । राष्ट्र प्रति सम्मानकोलागिजुरुक्कउठेर राष्ट्रियगानागाइयो । यस हलमामञ्च त थियो तर मञ्चाशान गराइएन ।
मन्त्रीलगायतकाआमन्त्रीतनभनेर प्रमुखअभिभावक र अभिभावकभनी सम्वोधन गरिएको थियो । उहाँहरु मञ्चमा हैन सहभागि बस्ने लहरमा वस्नु भएको थियो । आफुसँगै मन्त्री बसेको देख्दा सहभागिले अचम्ममानीमुखामुख गरिरहेका थिए ।
सामुदायिकवनको नेतृत्व गरिरहेका युवाहरुले वीचारहरु राख्नु भयो ।विचारमा प्रतिवद्धता सहितकोसुझाव राख्नु भयो । मन्त्रीले टिप्नु भयो । आफ्नो विचार सहितप्रतिवद्धताजाहेर गर्नुभयो । खास गरी वन स्रोतको सदुपयोगको विकल्प नरहेको, उद्यमविकासमायुवालाग्नु पर्ने अनीयुवाको प्रभावकारी सहभागीताकालागिआवश्यक पर्ने कानूनीव्यवस्था गर्न मन्त्रालयतयार रहेको तर प्रष्ट सुझावको अपेक्षा समेत राख्नु भयो ।
सामुदायिकवनको कार्यसमितिमा रहेका युवाहरु ४ समूहमावाँडिएर सामुदायिकवन र युवाको सहभागीताको सन्दर्भमा अवस्थाविश्लेषण गरे । अहिलेको अवस्थाबाटप्रभावकारीतातर्फ ढाल्नकालागियुवाले गर्नु पर्ने काम र अन्यनिकायहरुको अपेक्षाकृत भूमिकाको सूचीतयार गरे । त्यसलाई सार्वजनिकीकरण गर्न समेतकालागि १३ वुँदे चितवनघोषणापत्र जारी गरे । त्यसमाप्रतिवद्धता स्वरुप हस्ताक्षर गरे । सो घोषणापत्रको मूख्यविषययहाँचर्चा गर्ने कोशिस गरिएको छ ।
नेतृत्व हस्तान्तरण र युवाप्रतिनिधित्व
घोषणापत्रको पहिलो र महत्वपूर्ण प्रतिवद्धताहो, सामुदायिकवनउपभोक्ता समूहको कार्यसमितिमाकम्तीमा २५ प्रतिशतयुवाको समानुपातिकप्रतिनिधित्व। लामो समयदेखि सामुदायिकवनमा नेतृत्वको पुस्तान्तरणचुनौतीका रूपमा देखिँदै आएको छ। युवाको सहभागिताविना संस्थाजडबन्छ, नवप्रवर्तन हराउँछ र उद्यमशीलताविकसितहुन सक्दैन। यस घोषणाले संस्थागत सुशासन, नेतृत्व हस्तान्तरण र उत्तरदायित्वपूर्ण व्यवस्थापनतर्फ स्पष्ट सन्देश दिएको छ।
वनमाआधारित उद्यम र कानूनी सुधारको माग
घोषणापत्रले युवाहरू वनमाआधारित उद्यमविकास गर्न तयार रहेको स्पष्टघोषणा गरेको छ, तर त्यसकालागियुवा–मैत्री र प्रक्रिया सरल कानूनीव्यवस्थाअपरिहार्य रहेको बताएको छ। हालको कानूनीजटिलता, अनुमतिप्रक्रिया र प्रशासनिकढिलाइले युवालाई उद्यमबाटनिरुत्साहित गरिरहेको यथार्थलाई घोषणापत्रले खुलेर औँल्याएको छ।
त्यस्तै, उत्पादनमाआधारित उद्यम सञ्चालन गर्ने युवालाई उत्पादनसँग जोडिएको अनुदानको व्यवस्था गर्न स्थानीय र प्रदेश सरकारसँग गरिएको अनुरोधले केवलअनुदानमुखीहोइन, उत्पादनमुखी अर्थतन्त्रको खाका प्रस्तुत गरेको छ।
स्रोतको सदुपयोग र स्थानीयउद्यमीको प्राथमिकता
सामुदायिकवनभित्रउपलब्धकच्चापदार्थको अधिकतम् सदुपयोग घोषणापत्रको अर्को बलियो पक्षहो। कुनै उपभोक्ताउद्यमीले वनको कच्चापदार्थ प्रशोधन गरी बिक्री गर्न चाहेमा, आन्तरिक खपत सरहको प्रक्रिया र मूल्यमाकच्चापदार्थ उपलब्ध गराउने व्यवस्थामिलाउन गरिएको आग्रहले स्थानीयउद्यमलाई प्राथमिकतादिनुपर्ने मान्यतालाई स्थापित गरेको छ।
विकास निर्माणमा सामुदायिकवनको भूमिका
सामुदायिकवनउपभोक्ता समूहहरू दिगो, जनआधारित र विश्वासिलो संस्थाभएको तथ्यलाई घोषणापत्रले स्मरण गराउँदै, तहगत सरकारले गर्ने विकास निर्माणकाक्रियाकलापमा सामुदायिकवनलाई प्रवेशद्वारका रूपमा संलग्न गराउने कानूनीव्यवस्था र परिपाटीविकास गर्न माग गरेको छ। यसले सामुदायिकवनलाई केवलवनव्यवस्थापनको संस्थाबाटविकास साझेदार संस्थामा रूपान्तरण गर्ने दृष्टिकोण देखाउँछ।
युवालक्षितउद्यमप्रवद्र्धन र आर्थिक परिचालन
घोषणापत्रले हरेक स्थानीयतहमायुवालक्षितवन पैदावारमा आधारित उद्यमप्रवद्र्धन सहयोगको माग गरेको छ। साथै, हरेक सामुदायिकवनले वनको सदुपयोगमार्फत नियमितआर्थिक परिचालन गरी उद्यमप्रवद्र्धन गर्न सामुदायिकवन, वनकार्यालय र फेकोफनसँगआग्रह गरिएको छ। यसले सामुदायिकवनलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने बाटो देखाउँछ।
नीतिनिर्माणमायुवाको सहभागिता र भ्रष्टाचारविरुद्धअडान
घोषणापत्रको अर्र्कोमहत्वपूर्ण आयाम, हरेक तहमाबन्ने ऐन–कानूननिर्माणप्रक्रियामायुवाको सहभागिता सुनिश्चित गर्न सहकार्य गर्ने प्रतिवद्धताहो । नीतिनिर्माणमायुवाबाहिर राखिँदानीतिव्यवहारिक नहुने यथार्थलाई यसले सम्बोधन गरेको छ।
साथै, सामुदायिकवनअभियानमाभ्रष्टाचारप्रतिशून्य सहनशीलताको नीतिअवलम्बन गर्ने र त्यसमायुवाप्रतिबद्ध रहने अठोटले सामुदायिकवनको नैतिक धरातललाई थपमजबुतबनाएको छ।
सामुदायिकवनको नयाँगन्तव्य
घोषणापत्रले स्पष्ट रूपमाभनेको छ,अबको सामुदायिकवनको गन्तव्य स्रोतको सदुपयोग, उद्यमप्रवद्र्धनमार्फत रोजगारी सिर्जना र विपन्नको सशक्तिकरणहुनुपर्छ। यो भनाइ सामुदायिकवनको भविष्यको दिशाहो, जहाँ संरक्षण र विकास एकअर्काका पूरक बन्छन्।्।
कृतज्ञता र कार्यान्वयनको प्रतिवद्धता
संवादमा सहभागीभई युवाका सवाल सम्बोधन गर्न कानूनीतथाकार्यक्रमगतव्यवस्था गर्ने प्रतिवद्धताव्यक्त गर्नु भएकावनतथावातावरणमन्त्रीप्रतिआभार, साथै कार्यक्रमआयोजना गर्ने डिभिजनवनकार्यालयचितवन, सहकार्य गर्ने तराई भू–परिधितथा संरक्षणकार्यक्रम, फेकोफनचितवनटिमप्रतिधन्यवादव्यक्तगर्दै घोषणाकाबुँदाहरू कार्यान्वयनमाप्रतिवद्ध रहने स्पष्ट सन्देश दिइएको छ।
निष्कर्ष
चितवनघोषणापत्र केवलमागहरूको सूचीहोइन, यो सामुदायिकवनलाई युवामैत्री, उद्यममुखी र सुशासितबनाउने साझा संकल्पहो। अब चुनौतीघोषणालाई कागजमा सीमित नराखीनीति, कार्यक्रम र व्यवहारमा उतार्नु आवश्यक छ । व्यवहारमा कार्यान्वयन गर्ने प्रमुखजिम्मायुवाहरु नंैं हुन्, सम्वन्धी सामुदायिकवनत्यतीकै जिम्मेवारकर्ता हो । वनकार्यालय र मातहतका संरचनाको सहजिकरणको भूमिकाअपरिहार्य हुन्छ ।। यदिवन क्षेत्रकाअधिकारवाला र सरोकारवालानिकायअनी स्थानीय, प्रदेश र संघीय सरकारले यस घोषणालाई गम्भीरतापूर्वक कार्यान्वयन गरेमा सामुदायिकवन नेपालको दिगो विकासको अझ सशक्तआधार बन्न सक्छ ।


