काठमाडांै । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र सहकारी ठगी काण्डमा जेल जीवन विताएर धरौटीमा निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच एकता भएको छ । सात बुँदे सहमतिसहित रवि लामिछाने र बालेनको एकता भएको हो । बालेन र रविको सम्झौता अनुसार रवि लामिछानेले रास्वपाको नेतृत्व गर्ने छन् भने बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिने भएको छ । तर, चुनाव चिन्ह भने घन्टी नै हुने सहमति गरेका छन् ।
बालेन र रविको एकता भएपछि उज्यालो नेपालका संयोजक कुलमान घिसिङ र जेनजी अगुवा सुदन गुरुङ भने भाँडिएका छन् । तर, कुलमान घिसिङको उज्यालो नेपाललाई पनि मिलाउने तरखर भइरहेको छ । त्यसले गर्दा नेपालमा कुन दल बलियो हुन्छ भन्ने निश्चित छैन । पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र भरखरै विभिन्न पुराना दलहरु जुटेर बनेको नेपाली कम्युनिस्ट पार्टीको अवस्था पनि कस्तो रहन्छ भन्ने निश्चित छैन ।
उता, रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन त इतिहासमै कलंकित व्यक्तिको रुपमा दहरिइसकेका छन् । रवि सहकारी ठगी काण्डमा जेल परेर धरौटी बुझाएका व्यक्ति हुन् भने मेयर बालेन जेनजी आन्दोलनको नाममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, निवास र व्यक्तिगत घरसम्पत्ति ध्वस्त हुँदा रमिता हेरेर दमकलसमेत प्रयोग गर्न नदिने व्यक्तिको रुपमा परिचित छन् । यी दुई बद्नाम व्यक्तिहरुले चुनावी तालमेल गरिरहेका छन् ।
अब प्रश्न उठ्छ, नेपाली जनताले तीनै भ्रष्ट र बदमास व्यक्तिहरुलाई मत दिन्छन् कि पुराना राजनीतिक दलहरुलाई मत दिन्छन् त्यो हेर्न बाँकी छ । तर, विवेकशील नेपाली जनताहरुले यस्ता राष्ट्रियतामाथि खेलवाड गर्ने व्यक्तिहरुलाई देशको प्रधानमन्त्री बन्ने गरी मत दिन्छन् भन्ने ग्यारेन्टी छैन । उता, तराईवासी नेताहरुमा पनि उपेन्द्र यादव, राजेन्द्र महत्तो, सिके राउत र महन्त ठाकुरको पार्टीमध्ये कसलाई रोज्छन् भन्ने एकिन छैन । त्यसले गर्दा तराईँमा रवि र बालेनभन्दा तराईवासी पुराना दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । त्यसैगरी पहाडी र हिमाल जिल्लाहरुमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने पक्कापक्की छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी पनि अधिकांश ठाउँमा राम्रै प्रतिस्पर्धा गर्ने शक्तिको रुपमा देखिएको छ । उता, राष्ट्रिय प्रजातन्त्र पार्टृी (राप्रपा) पनि एमाले र कांग्रेसमध्ये कसैसँग सहकार्य गरेर चुनावी प्रतिस्पर्धामा होमिने मनस्थितिमा देखिएको छ । त्यसैगर्दा आगामी निर्वाचन सबैका लागि पेचिलो बन्दै छ ।
