अनन्त गुरुङ
दलहरुको कुशासानले गर्दा नेपालमा भ्रष्टाचार र अपराधको डंगुर थुप्रिदै गयो । आखिरमा अवस्था यस्तो आयो कि त्यसबाट दुर्गण्ध नेपाल भित्र मात्र होइन साह्रा संसार भर नै फैलिएर गनाउन थाल्यो । घर घरबाट गाउँ गाउँबाट नगर नगरबाट दलहरुले बनाएको सरकारको बिरोध सुरु भयो । हजुर बाहरुको पुस्ताको यस्तो कुशासनको बिरुद्ध नाती पनातीका पुस्ताले आन्दोलन सुरु गरे जसले पछि गएर जेन जेड आन्दोलनको स्वरुप ग्रहाण गर्यो ।
जुन पुस्ताको लागि हजुर बाहरुले भ्रष्टाचार र अपराध गरी कमाईरहेको भनेका थिए त्यहि पुस्ताबाट नै यस्तो बिद्रोह उर्ले पछि हजुरबाहरु फतक्कै गलेर सबैको भागाभाग भयो । पदमा बसेर राज्यकोषबाट तर मारीरहेका हजुर बाहरुको पुस्तालाई जबरजस्ती राजिनाम बुझाएर ज्यान बचाउनु पर्ने अवस्था आईलाग्यो । जुन पुस्ताको लागि भन्दै हजुर बाहरुले भ्रष्टाचार र आर्थिक अपराध गरी सात पुस्ता सम्मलाई पुग्ने अकुत धन कमाएका थिए त्यहि पुस्ताले नै सबै जलाएर स्वाहा परीदिए । हजुर बाहरुको पुस्ता धोबीको कुकुर झै नघर नघाटको भएर मध्यावधि चुनाव गराउनु पर्ने निर्क्योलमा पुगे ।
त्यस मद्धेका केही हजुर बाहरुले चुनावको वातावरण नबनेको भन्दै चुनावको बिरुद्ध बोल्न थाल्यो र बिघटन भईसकेको संसदलाई ब्युँताउनु पर्छ भन्दै खोचे थापेर सिंगुरी खेल्न थाल्यो । हजुर बाहरुको पुस्तलाई पनि बिदेशी शक्तिकेन्द्रले नै छानी छानी नेपालका नेता बनाएका हुन । अहिले आएर जेन जेडका नाती पुस्तालाई पनि उहि बिदेशी शक्तिकेन्द्रले नै उचालेर लामो समय देखि मुलुकमा कुशासन गरी राष्ट्रको ढिकुटीबाट लुटेर तर मारी बसेका हजुर बाहरुको पुस्तालाई सत्ताच्युत पारी दिएकाछन । नेपालको वैश्चिक भूराजनीतिको अवस्था पनि अनौठो रहेको छ किनकि बेलाबेलामा नेपालमा कहिले कुन र कहिले कुन विदेशी शक्ति केन्द्रहरु सक्रिय भईराखेका हुन्छन ।
नेपालमा हाल भारत, चीन, युरोपियन युनियन र अमेरिकी बिदेशी शक्तिकेन्द्रहरु सक्रिय छन । बेला र मौका अनुसार कहिले कुन र कहिले कुन बिदेशी शक्ति केन्द्रहरुको नेपालको राजनीति र बिकासमा पलटा भारी भईराखेको हुन्छ जुन कुरा आम जनतालाई अत्तोपत्तो हुँदैन । सत्तामा र सत्ताको वरिपरि कुरी बसेका बिदेशीका दलालहरुका बिचामा बेलाबेलामा हुने आपसी खिचातानीले मात्रै आम नेपाली जनतालाई बिदेशीशक्तिहरुको चलखेल बारे फाटफुट जानकारी हुन्छ । बिदेशीले नेपालको राजनीति र बिकासमा अनुदान र ऋण लगानी गरी कूटनीतिक नियोगहरु, बिदेशी बैंकहरु र गैरसरकारी संस्थाहरु परिचालन गरी त्यस मार्फत आम नेपाली जनताले पत्तो नै नपाउने गरी मन्द बिषले झै सुस्त प्रभाव फैलाईरहेको हुन्छ । यो बेला नेपालको राजनीतिमा र बिकासमा युरोपियन युनियन र अमेरिकी शक्तिकेन्द्रहरु हाबी भईराखेको अवस्था कायम छ ।
अमेरिकाले एमसीसी जस्ता परियोजनाहरु मार्फत नेपालको बिकास र राजनीतिमा आफ्नो पकड बढाएको छ भने युरोपियन युनियन बाह्र बुँदे दिल्ली सम्झौता भए पश्चात संयुक्त राष्ट्र संघ मार्फत नेपालमा सक्रिय भएका थिए । युरोपिय युनियन र अमेरिकाले मिलेर नै नेपालमा ईसाइ धर्मको प्रचार प्रसार गरी परपूर्वकाल देखि नेपालमा चल्दै आएको वैदिक सनातनी हिन्दूधर्म र संस्कृति माथि नै आक्रमण गरी नेपालको सामाजिक र धार्मिक पूर्वाधारलाई नै तहसनहस पारी दिएकाछन । नेपालको वैदिक सनातनी हिन्दूधर्मको एकमात्र संरक्षक राजतंत्रलाई नेपालको संबिधान २०७२ बनाउँदा त्यसमा राजाको भूमिकालाई मात्र होइन वैदिक सनातनी हिन्दूधर्मलाई धर्मनिरपेक्षताको आडमा ईसाइ धर्म सरह नै बनाईदिएका छन । देख्दा खेरी उक्त नेपालको संबिधान २०७२ चुनिएका ६०१ सदस्यहरु भएको संबिधान सभाले तयार पारेको जस्तो देखिन्छ तर असलमा उक्त संबिधान युरोपियन युनियनको सक्रिय नेतृत्वमा गैरसराकारी संस्थाहरुले नै बनाएका हुन ।
६०१ भुषतिग्रे सभासदहरुले मात्र दुई कार्यकाल लगाएर ३० अर्व नेपाली रुपियाँ मात्रै झ्वाम पारेका हुन । चुनिएका र छानिएका संबिधान सभाका ६०१ सभासदहरुले केवल बिदेशको अध्ययन भ्रमणमा जाने, बिदेशीले दिएको नुन खुराकी खाने र बिदेशीले नै बनाएको मस्यौदा संबिधानलाई ताली ठोकेर पास गर्ने बाहेक अरु कष्ट केही उठाएका छैनन् । सबका सब निकम्मा भएको हुँदा मुलुकलाई यसरी बिदेशी शक्तिकेन्द्र युरोपियन युनियनको हातमा बेचीदिएका छन । अब तिनीहरुको हातबाट फर्काउन नेपाल राष्ट्र र नेपाली जनतालाई हम्मेहम्मे परीराखेको छ । राजतंत्र र वैदिक सनातनी हिन्दूधर्म एक अर्काको पुरक भएको हुँदा दुबैको वापसी हुन र गर्न जरुरी छ । यसो गर्न सकिए मात्रै बिदेशी शक्तिकेन्द्रको हातमा पुगेको नेपालको सत्ताको बागडोर नेपाल राष्ट्र र नेपाली जनताको हातमा नै फिर्ता आउनेछ ।
त्यसपछाडि कुशासन गर्ने दलहरुको सरकारलाई बदल्न बिदेशी शक्तिकेन्द्रहरुको मुख ताकेर तिनीहरुकोमा जुत्ता खियार धाउनु पर्ने छैन । यस्ता बिदेशीशक्ति केन्द्रहरुको दलाल बेनेका हजुर बाहरुले पालैपालो कहिले कसले र कहिले कसले अनि कहिलेकाँही मिलेर नै नेपालमा आफ्नो दलाली शासन सत्ता चलाउँदै आएका थिए । अहिले नाती पुस्ता जेन जेडले हजुर बाहरुको कमीकमजोरी पत्ता लगाएर त्यसको निराकरणको लागि कदम चालेकाछन । आफ्ना नाति पुस्ताबाटै बिदेशीको दलाल बनीसकेका हजुर बाहरुको हातमा बिदेशी शक्तिकेन्द्रले राखीदिएको सत्तालाई गुमाउनु पर्दा धैरै ठुलो सद्मामा उहाँ हजुर बाहरु परेकछन । आफ्नै तल्लो पुस्ता सित यसरी हार खानु पर्दा उहाँ हजुरबाहरुलाई सजिलै हजम भएको छैन । त्यसैले जेन जेड सरकारले गर्ने गराउने भनेको आम चुनावमा भाग लिने कि नलिने भन्ने आनाकानीमा फँसेकाछन ।
तर यता केही दिन देखि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमंत्रीसुशीला कार्कीको सक्रियता बढेको हुँदा पुरानो पुस्ताको दलहरु सितको भेटघाट बाक्लिएको छ । बिघटित संसद व्यूँताउने प्रयासमा लागेका एमाले र नेपाली काँग्रेस पनि भित्रभित्रै चुनावी तयारीमा होमिएका महसुस हुन थालेको छ ।जेन जेड सित आबद्ध दलहरुको ध्रूवीकरण सुरु भईसकेको छ । रास्वपाका मुखिया राबि लामिछाने धरौटीमा छुटने बित्तिकै रबि, बालेन र कुलमानका बिच रास्वपाको नेतृत्वमा चुनाव लड्ने वा चुनावी सहकार्य गर्ने भन्ने बारे गम्भिर छलफल प्रारम्भ भईसकेको छ । रबि र बालेनको बिचमा ७ बुँदे सहमति भएकाले अब बालेन रास्वपामा समाहित भएर प्रधानमंत्री पदको लागि चुनाव लड्ने भएकाछन भने रबि रास्वपा पार्टीको सभापति पदमा रहेर पार्टीको नेतृत्व सम्हाल्ने भयो भनिएको छ । कुलमान सितको वार्ता भने नटुंगिएकाले उहाँ सितको एकता गर्ने वा सहकार्य हुने वार्ताले निरन्तरता पाउने छ भनी जनाईएकोछ । साथै केहि पुराना दलहरुका बिच पनि भटाभट पार्टी एकता हुँदैछन । एमाले, काँग्रेस र माओवादी दलहरु बिच पनि तालमेल गरी चुनाव लड्ने बारे छलफल सुरु भईसकेको छ ।
यसरी एकले अर्कालाई चुनावमा नहराउने तर चुनाव जित्ने जसको बढी संभावना छ त्यसैले तालमेल गरी जिताउने वार्ता सुरु गरेकाछन । शीर्ष नेताहरुका बिरुद्ध कमजोर उम्मेद्वार दिएर चुनाव जित्नको लागि सहयोग गर्ने वार्ता सुरुभएको छ । निवर्तमान प्रधानमंत्री ओलीले भन्नु भएको जस्तो चुनाव प्रतिको नकारात्मक वातावरण अब हटेकोछ । दलहरुले ठुलो उत्साहको साथ समानुपातिक उम्मेद्वारहरुको गोप्य सूचिहरु बनाएर निर्वाचन आयोगमा बुझाईसकेका छन । अब प्रत्येक्ष पटिका उम्मेद्वारहरुको छनौट भटाभट हुन थालीसकेको छ ।
अझ पनि चुनावको लागि वातावरण बनेन भन्नु निउ खोजेको जस्तो मात्रै हुन्छ ।जहाँ सम्म निर्वाचन आयोगको तयारीको कुरा छ उक्त संस्थाले हाल प्रचलित चुनाव संबन्धि कानुनहरु अनुसारको सबै कार्य पुरा भएको जनाएकाछन । जेन जेडले मागेको जस्तो अन्तर जिल्ला र बिदेशमा बसेकाहरुले पनि भोट हाल्न पाउने कुराको लागि भने कानुन नै ल्याउनु पर्ने र उक्त कानुन नआए सम्म केहि गर्न नसकिने भनेकाछन । प्रत्येक्ष प्रधानमंत्रीको चुनाव गर्ने गराउने संबन्धमा पनि कानुन नबनेकाले सोकुरा यो चुनावमा हुन संभव छैन भनिएको छ । यसरी जेन जेड र नेपाली जनताको भावना र चाहाना अनुसार चुनाव नहुने भएपछि यो पुरानै शैलीको मासु भात खुवाएर वा पैसा बाँडेर वा बुथ कव्जा गरेर जित्न सकिने चुनाव कार्यान्वयन गरिनेछन ।
मतदाता परिचय पत्र कव्जामा लिएर सोही अनुसारको मतपत्रहरुमा फटाफट ठप्पा मार्ने र चुनाव जित्ने पुरानै चलन हो । खटिएका चुनावको कर्मचारीहरु पनि आआफ्नो दलिय आस्था अनुसार काम गर्ने गराउने हुने हुँदा चुनाव अधिकारीकै रोहवरमा बुथ कव्जा गरी मतपत्रमा ठप्पा हान्ने चलन यसपालि पनि कायम नै रहने देखियो । चुनावको सन्दर्भमा भ्रष्टाचार र कुशासन भनेको यहि नै हो । जसरी पनि चुनाव जित्ने बाहुवली दलका नेताहरुले गुण्डा पालेर नै राखेका छन र चुनाव ताका तिनीहरुलाई नै खटाएर आफ्नो पक्षमा मतदान गराउने प्रयास गर्दछन । मतदाताले भयरहित भएरस्वतंत्ररुपले आफैले चाहेको र मानेको उम्मेद्वारलाई भोट हाल निकै संघर्ष गर्नु पर्ने हुन्छ । कतिपय केसमा एउटाको नाममा अर्कैले भोट हाल्ने गरेको पनि भेटिन्छ । वास्तविक भोटर लामो लाईनमा बसेर बुथ सम्म भोट हाल्न पुग्दा अर्कैले भोट हालेको जानकारी पाउँदा कति दिक्क होलान सहजै अनुमान लगाउन सकिन्छ ।
यस्तो फर्जी भोट नेपालमा चुनाव गराउन आएको कर्मचारीहरु कै सहायताबाट दलका नेताहरुले गर्ने गराउने गर्दछन । सरकारी निकायहरुको दलियकरणले गर्दा निष्पक्ष भोट हाल्न नेपाली जनताले पाउँदैन अनि राजनीतिक व्यावस्था प्रति नै नकारात्मक सोच बढ्ने गर्दछ । चुनाव कानुनले तोकिएको समय भित्र नै गराउनु पर्ने दबाबमा आन्तरिम सरकार भएको हुँदा चुनावका सबै कमी कमजोरीहरुलाई हटाउन सक्ने गरी कानुन बनाउन सक्ने अवस्था अहिले छैन । जसोतसो चुनाव गरायो भने पनि ठुलै उपलव्धि भएको मान्नु पर्छ । तर संधै यसरी चल्दैन त्यसैले जेन जेडले उठाएका सबै मुद्दाहरु चाँडै चुनाव पछि बन्नसक्ने सरकारले पुरा गर्नु पर्ने हुन्छ । अहिलेको लागि सबै दलहरुले चुनावमा भागलिए मात्रै पनि त्यसैलाई चुनावको वातावरण तायार भएको मान्नु पर्छ ।

