भूमिमन्त्री इङ्नाम पनि विचौलियाको चङ्गुलमा फस्दै

राजनीति समाचार

काठमाडौं । जेनजी प्रधानमन्त्री शुशिला कार्कीले भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रीमा प्रा.डा. कुमार इङ्नामलाई नियुक्ति गरेको करिव दुईहप्ता नाघिसकेको छ । पदबहाली भएको दुई हप्ता नाघिसक्दा पनि मन्त्री इङ्नामले भूमिसम्बन्धी कुनै ठोस नीतिनियम बनाएर अघि बढ्न खोजेको देखिँदैन । भूमि मन्त्रालयबाट कतिपय कर्मचारीहरु भूमि तथा अभिलेखा विभाग र मालपोत कार्यालयमा सरुवा भएका थिए । तर, अभिलेख विभागले रमाना नदिएर सरुवा भएका कर्मचारीहरु त्यत्तिकै अलपत्र परिरहेका छन् । मन्त्रालयले सरुवा गरे तापनि भूमि तथा अभिलेख विभागले रमानापत्र नदिएका कारण अलपत्र परेका हुन् । तर घुसको कारोबार नमिल्दा रमानापत्र नपाएको उनीहरुको गुनासो छ ।

काठमाडौं उपत्यका मालपोत कार्यालयमा मात्रै २५ जनाभन्दा बढी कर्मचारीबिहीन रहेको छ । त्यसैगरी दूर्गम क्षेत्रका मालपोत कार्यालयहरुमा पनि कर्मचारी अभावका कारण सर्वसाधारणको काम हुन सकेको छैन । यतिबेला जग्गा दर्ता र कित्ताकाटको खेलोफड्को बढिरहेको छ । निर्वाचनको आचार संहिता लागेपछि सो काम रोकिने भएपछि भूमाफिया र मालपोतका कर्मचारीहरु मिलेर हताहतार काम अगाडि बढाइरहेका छन् । भक्तपुर मालपोत कार्यालयमा जग्गा दर्ता र कित्ताकाट बढी चलिरहेको छ । भक्तपुर, ललितपुर र काठमाडौैं उपत्यकाभित्रका मालपोत कार्यालयहरुमा जग्गा दता गर्दा करोडौंको चलखेल विगतदेखि हुँदै आउने गरेको छ । भूमाफिया र कर्मचारीहरुबीच जग्गा दता, कित्ताकाट र नामसारीमा ठूलो रकमको भइरहँदा मन्त्री इङ्नाम रमिते बनेर बसिरहेका छन् ।

भूमि तथा अभिलेख विभागका महानिर्देशक शिव रेग्मी र प्रशासन फाँटका कर्मचारी विष्णु काफ्लेको चाँदी कटाइ त्यत्तिकै फस्टाइरहेको छ । विचौलियामार्फत् नासु सरुवा गर्दा ३ देखि ४ लाखसम्म असुल्ने गरिन्छ भने खरिद सरुवामा २ देखि ४ र शाखा अधिकृतको सरुवामा ६ देखि ८ लाखसम्म कारोबार हुने गरेको कर्मचारी स्रोतले उल्लेख गरेको छ । त्यस्तो रकम लेनदेनमा विचौलियाको भूमिका प्रमोद खड्का भन्ने व्यक्तिले गरिरहेका छन् । खड्का तत्कालीन मन्त्री बलराम अधिकारीको पालादेखि नै विचौलियाको भूमिका खेल्दै आएका नामुदा खेलाडी हुन् ।

खड्काले भूमि मन्त्रालयमा मात्रै नभइ सबै क्षेत्रका सरकारी कार्यालयमा विचौलियाको भूमिका खेल्दै आएका छन् । तत्कालीन मन्त्री बलराम अधिकारीको पालादेखि विचौलियाको भूमिका निर्वाह गर्दै आएका खड्का जेनजी सरकारका भूमिमन्त्री प्रा.डा.इङ्नामको पालमा पनि नामुद विचौलियाको भूमिका खेलिरहेका छन् । उता, मन्त्री इङ्नाम भूमि सचिव मदन भूजेललाई पनि विचौलिया खड्काले गुमराहमा पारेको बताइन्छ ।

अर्कोतिर ललितपुर मालपोत कार्यालयका कर्मचारी र भूमाफियाहरु मिलेर केही वर्ष अगाडि हिमालयन रिसोर्ट आसपासमा पर्ने लामाटार, छम्पी र गोदामचौर यरियाको १ सय करिव ४० रोपनी जग्गा हिनामिना गरेका थिए । उक्त समाचार तामाकोशी शन्देशले केही महिना अगाडि नै प्रकाशित गरिसकेको थियो । सो जग्गामा अनियमितता भएको मुद्दा अख्तियारले छानविन गरिरहेको छ । उक्त मुद्दा मिलाइदिन्छु भन्दै ललितपुर मालपोतका तत्कालीन कर्मचारी प्रदीप पौडेल लागिपरेका छन् । अहिले पौडेल भ्रष्टाचारको मुद्दा लागेर निलम्बनमा परेका छन् । उनको मुद्दा सर्वोच्चमा विचराधिन अवस्थामा छ ।

त्यसैगरी ललितपुृर मालपोतकै नासु मनोज पोखरेल, कम्युप्युटर अधिकृत सुमन खड्गीलगायत सातजना कर्मचारीलाई जग्गा हिनामिनामा संलग्न भएको आशंकामा अख्तियार छानविन गरिरहेको छ । आफै भ्रष्टाचारको आरोप लगोर जागिरबाट निलम्बनमा परेका पौडेल उनीहरुको मुद्दा मिलाइदिन्छु भन्दै हिँडिरहेका छन् । त्यसले गर्दा अख्तियार र न्यायाधीशहरु पनि पैसाकै पछि लाग्छन् भन्ने प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *