सार्वजनिक बिदाको दिने सरकारी गाडी चढेको भन्दै मन्त्री श्रेष्ठमाथि दुव्यवहार

राजनीति समाचार

काठमाडौ । भूमिसुधार तथा व्यवस्थामन्त्री शशि श्रेष्ठमाथि दुर्व्यवहार भएको छ । शनिबार धरानमा एक कार्यक्रमको शिलशिलामा पुगेकी मन्त्री श्रेष्ठमाथि त्यहाँका स्थानीवासीहरुले दुर्व्यवहार गरेका हुन् ।

सार्वजनिक बिदाको दिनमा सरकारी गाडी चढेको भन्दै स्थानीवासीहरुले धरानको भानुचोकमा मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेका थिए । मनत्री श्रेष्ठलाई अवरोध गनेृहरुले आफूहरु कुनै दलको नभई स्वतन्त्र जनता भएको दाबी समेत गरेका छन् ।

को १ झ ६४५ नम्बरको सरकारी गाडीमा सवार श्रेष्ठलाई स्थानीवासीहरुले पाँच मिनेट जति अवरोध गरेर गाडी नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

बिदाको दिनमा पनि सरकारी गाडी चढेर मन्त्री श्रेष्ठले देशलाई श्रीलंकाको बाटोमा लग्न खोजेको आरोप उनीहरुले लगाएका थिए । गाडीमा आगो लगाई दिनु पर्ने भन्दै उनीहरुले आक्रोशसमेत पोखेका थिए ।

आफू बिना कामले नभई विशेष कामको कारण धरान आएको भन्दै मन्त्री श्रेष्ठले आग्रह गरेर फुत्किएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *