बजारमा अखाद्यवस्तुको विगविगि, मन्त्री सिन्हा रमिते

राजनीति समाचार

काठमाठौं । जेनजी आन्दोलनको आडमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका अनिल कुमार सिन्हाले बजर अनुगमनमा तदारुकता देखाउन सकेका छैनन् । वाणिज्य तथा आपूर्ति सचिव रहेका डा. रामप्रसाद घिमिरे । डा. घिमिरेयले बजारमा अखाद्यवस्तु मिसावट गरी विक्रीवितरण गर्नेहरुलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउन कुनै पहल गरेको देखिँदैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञावलीले पनि बजार अनुगमनलाई प्राथमिकतामा राखेर काम गर्न नसकेको उपभोक्ताहरुको भनाइ छ । बजारमा विाषाधियुक्त सागसब्जी, फलफूल र खाद्यान्न छ्याप्छ्यापती विक्रीवितरण भइरहेको छ । त्यसैगरी मिठाइ, दूजन्य पदार्थ र मासु र पिउने जारको पानीमा पनि अनुगमन भएको छैन ।

तत्कालीन महानिर्देशकले जति काम गरेका थिए, हालका महानिर्देशक ज्ञावलीले बजार अनुगमनको नाममा सिन्को पनि भाँच्न सकेका छैनन् । सरकारले पनि त्यस्ता विषयमा कुनै ध्यान दिएको छैन । अर्कोतर्फ उद्योगी, व्यापारीहरुले राजश्व छली गरेर भारत र चीनबाट अखाद्य मिसावट गरिएका खाद्य सामग्री र नक्कली विद्युतीय सामानहरु खुलामखुला रुपमा भित्रिने गरेका छन् । तर, त्यसको अनुगमन कुनै निकाएबाट भएको पाइँदैन । त्यसैगरी केराउ, सुपाडी, छोकडा, अलैची, मरिच, पोस्तादानालगायतका मसलाजन्य सामग्रीमा कर छली भइरहेको छ ।

देशमा यस्तो विकृति, विसंगती फैलिइरहँदा जेनजी सरकारले अनुगमन गरी कारबाहीको दायरामा ल्याउन कुनै पहल गरेको पाइँदैन । सरकारका मन्त्रीहरुले यस्तो विषयमा कुनै पहल गर्न सकेका छैनन् । महंगी त्यत्तिकै अकासिएको छ, अर्कोतिर अनुगमन छैन, उपभोक्ता अखाद्यवस्तु प्रयोग गर्न वाध्य भइरहेका छन् । खानेतेल, हर्लिक्स, बनभिटा, बुस्ट, च्यावन प्राक्सजस्ता भिटामिनजन्य खाद्यवस्तुहरु मिति गुज्रिएका भेटिने गरेका छन् । तर, बजार अनुगमन गर्ने खाद्य तथा गुणनियन्त्रण विभागय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आपूर्तिमन्त्रालय निदाएको अवस्था छ ।

यतिबेला संघ, प्रदेश र स्थानीय तीनै तहमा व्यापाक रुपमा अखाद्य वस्तु मिसावट गरी विक्रिवितरण भइरहेको छ । तर, तीनै तहको सरकार गुमनाम हुन पुगेको छ । तत्कालीन दलका सरकारहरुले देखावटी रुपमा भएपनि बजार अनुगमन गर्ने, गुणस्तर जाँचबुझ गर्ने र अनुगमन गर्ने गरेको थियो । जब मुलुकमा जेनजी सरकार बनेको तीन महिना पार गर्दा पनि बजार अनुगमनमा ध्यान दिएको छैन । आपूर्तिमन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिसम्बन्धी कुनै ज्ञान नभएकाले पनि उपभोक्ताहरु मारमा परिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *