जेनजी सरकार : विज्ञको नारा, अनविज्ञ शर्मा मन्त्री

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा जेनजी सरकारको परराष्ट्रमन्त्री बनेका छन् । नेपाली सेनाभित्र विदेशी चेलखल हुन थालेपछि सेनाभित्र राजनीति हावी हुँदै गएको छ । राजनीति हावी भएकै कारण गत भदौ २३ र २४ गतेको आन्दोलनले देशमा आगजनी, लुटपाट र तोडफोड मच्चिँदा ठूलो धनजनको क्षति भएको थियो । सो आन्दोलनले धनजनको क्षति पु¥याइरहँदा नेपाली सेनाले सुरक्षा दिन नसकेको आरोप खेपिरहेको थियो ।

पछिल्लो समय नेपाली सेनाभित्र विदेशीको भएको अनुभव हुँदै गएको विज्ञको भनाइ छ । किन कि तत्कालीन राजा वीरेन्द्रको वंश नास पनि सेनाको घेरा तोडेर भएको थियो । सो घटनामा नेपाली सेनाका जवानहरु कति हताहत भएभन्ने अहिलेसम्म सार्वजनिक भएको पाइँदैन । किन कि त्यो घटनामा राजा, रानीको गाडी रेखदेख गर्ने कुकुरसमेत मारिएको थियो । त्यसयता नेपाली राजनीतिमा विभिन्न अकल्पनीय घटनाहरु घट्दै आएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पनि त्यसको उपजको रुपमा लिन थालिएको छ । किन कि २४ गतेको आन्दोलनमा सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालनमा आगजनी हुँदा नेपाली सेनाले बचाउको प्रयास गरेको पाइएन । जेनजी आन्दोलनबाट तत्कालीन सरकार अपदस्त भएपछि नयाँ सरकार बनाउन विदेशी चाहना अनुसार नेपाली सेनाले कहिले दूर्गा प्रसाईँ, कहिले बाहेन त कहिले शुशिला कार्कीको नाम चर्चामा ल्याएको थियो । त्यसैमध्येबाट पूर्वप्रधान न्यायाधीश शुशिला कार्कीलाई प्रधानमन्त्री बनाइयो । कार्की प्रधानमन्त्री भएको तीनमहिनापछि उनै कार्कीलाई प्रयोग गरेर नेपाली सेनाका पूर्वरथी बालनन्द शर्मालाई परराष्ट्रमन्त्री बनाइएको छ ।

शर्मा जेनजी आन्दोलानको मर्म र भावना बिपरीत परराष्ट्रमन्त्री बनेका छन् । जब कि जेनजी आन्दोलनको माग मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र विषयविज्ञलाई सम्बन्धित मन्त्रालयको मन्त्री बनाउने थियो । तर, परराष्ट्रसम्बन्धी ज्ञान नभएका शर्मा परराष्ट्रमन्त्री बनाएर तमासा देखाइएको छ । शर्मा उमेरले पनि अहिलेका मन्त्रीहरुमध्ये जेष्ठ नागरिकमा पर्दछन् । विज्ञताको हिसाबले पनि रक्षामन्त्री हुनुपर्नेमा परराष्ट्रमन्त्री बनाइएको छ । शर्मालाई रक्षाको जति अनुभव छ, परराष्ट्रसम्बन्धी उनको त्यो अनुभव उनीमा छैन । त्यसले गर्दा पनि शर्मालाई परराष्ट्रमन्त्री बनाउनमा विदेशीको चाहना रहेको अनुमान गर्न सकिन्छ । विदेशीहरुले देशका विभिन्न क्षेत्रमा खेल्दाखेल्दै जेनजी आन्दोलनपछि सरकार बनाउनसमेत खेल्न थालेका छन् ।

नेपालका राजनीतिक दल र सेनाबीच समन्वयकारी भूमिका नहुँदा र सेनाको भर्ना, नियुक्ति, सरुवा, बढुवा र मिसनमासमेत राजनीतिक पार्दीका नेताहरु हावी हुँदा सेनाभित्र राजनीति फिट हुँदै गएको थियो । भनसुन र सोर्सफोर्स भएका सेनाले सधैं शुविधा भोग गर्ने र सोर्सफोर्स नभएकाले सधैं पिल्सिइरहनुपर्ने भएकाले सेनाभित्र असन्तुष्टि बढ्दै गएको थियो । त्यसैको मौका छोपेर विदेशी शक्तिहरुले खेल्दै आएका थिए । त्यसैको आडमा आज पूर्वरथी शर्मा परराष्ट्रमन्त्री बन्न पुगेका छन् ।

शर्मा परराष्ट्रमन्त्री भएपछि देशको हितमा काम गर्छन् कि विदेशीको इसारामा चल्छन् त्यो हेर्न बाँकी छ । यदि विदेशीको इसारामा चलेको थिएन भने परराष्ट्रविज्ञयबाट परराष्ट्रमन्त्री बनाउनुपर्नेमा किन सेनाका पूर्वरथीलाई परराष्ट्रमन्त्री बनाइयो ? परराष्ट्रसम्बन्धी ज्ञान भएका स्वतन्त्र व्यक्तिहरु पनि त्यत्तिकै थिए । त्यसमा पूर्वराजदूतहरु पनि थिए । प्रध्यापक, डाक्टरहरु थुप्रै थिए । त्यतोतिर प्रधानमन्त्री कार्कीले ध्यान दिन सकिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *