काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा रमाइलो छ । प्रदेश तहको एकता सन्देश सभापछि जिल्ला केन्द्रित एकता सभासँग विभिन्न दलहरुबाट पार्टी प्रवेशमा फर्केर रमाउने क्रमजस्तो देखिँदैछ । त्यसैगरी नेताहरु फूर्किएका छन् । तर, संगठनको पदीय दायरामा भने विवाद चर्को छ । संगठन विनाका लेटर प्याडका १६ समूहलाई कहाँ कुन ठाउँमा राख्ने भन्ने कुरा केन्द्रीय नेतृत्वले समयमा निर्णय नदिँदा भगिनी संगठनहरुमा समेत ठूलो लुछाचुँडी हुने अवस्था सिर्जना भएको छ ।
त्यो सत्य ठूला नेताहरुले बुझेजस्तो छैन । माओवादीको युवा समूह वाइसीयल एकिकृत क्रान्तिकारी र समाजवादी अखिल, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनजस्ता संगठनहरुमा अझै संगठनको स्वरुपका बारेमा छलफल गरी कुन पदमा को हो भन्ने निश्चित भएको छैन । प्रचण्ड, नारायणकाजी, माधव नेपाल र वामदेव मात्र यहाँ छैनन् त्यहाँ झलनाथ र डा. भीम रावललेसमेत आफ्ना निकटहरुलाई कहीँ न कहीँ नेतृत्वमा पु¥याउने होडबाजी चलिरहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले संसद पुनःस्थापनाको मुद्दा निर्वाचन सम्पन्न हुन नसके मात्र स्वीकार गर्ने गरी नेताहरु बीचमा छलफल भएको छैन । तर, संयोजक प्रचण्डले प्रधानमन्त्री शुशिला कार्कीको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा आयोजित छलफलमा संसद पुनःस्र्थापनाको प्रसंग किन ल्याए ? जबकी नेकपा एमाले बाहेक सबैदल चुनावको पक्षमा छन् । राप्रपा, रास्वपा, जनता समाजवादी पार्टीलगायतका दलहरुले चुनावलाई जोड दिएका छन् ।
सर्वोच्च अदालतले पुनःस्र्थापना गर्न सक्ला कि नसक्ला ? सडकको आक्रोशलाई सान्त्वना दिलाउन पनि दलहरुले निर्वाचनकै पक्षमा जोड दिनु उचित हुने तर्क कानूनी व्यवसायीहरुकै छ । पार्टीमा नेतृत्व सत्ता र स्वार्थमा केन्द्रित हुँदा जनजिविकाको विषय ओझेलमा परेको छ । कम्युनिस्टहरु राष्ट्रियता, सार्वभौम अखण्डता र जनजिविकाको विषयमा केन्द्रित हुने गर्दछन् ।
तर, नेपालमा कम्युनिस्ट नेतृत्वले स्वार्थको ईस्यूलाई प्राथमिकता दिँदा नेकपामा अहिले शुरु भएको पार्टी प्रवेशको बजारलाई स्थायित्व दिने अवस्थामा जनता पुग्छन्, पुग्दैनन् प्रतिक्षाको विषय बनेको छ । किन कि विघठित संसदको ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले संसद् पुनःस्थापनातिर जोड दिँदैछ। एमालेको तर्क विद्यमान कानून र राजनीतिक संरचना परिवर्तन गर्न पनि संसद् पुनःस्थापना गरेर संविधान संशोधन गरेर जेनजी समूहले उठाएको एजेन्डा सम्बोधन गर्न सकिन्छ । कतै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डका दिमागमा एमालेका एजेन्डाले ठाउँ पाएर प्रचण्ड संसद पुनःस्थापनाको कुरामा फागुन २१ मा निर्वाचन भएन भने के गर्ने भनेर कज राखेर बोलेका त छैनन ?

