उपमेयर डंगोलको नेतृत्वमा गुरागाईं कार्यकक्ष भित्र प्रवेश

वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यकक्षमा प्रवेश गरेका छन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।

नगर प्रहरी र कमर्चारी आमने सामने भएपछि मेयर बालेन शाह बिना नै कार्यपालिको बैठक बसेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । बैठक उपमेयर सुनिता डंगोलको नेतृत्वमा बसेको थियो । कार्यसमितिले निर्णय गरेपछि नगर प्रहरी पछि हटेको थियो ।

मेयर बालेन शाहले नगर प्रहरीमार्फत अवरोध गरेपछि कर्मचारी र नगर प्रहरी आमने आमने भएका थिए । तर उपप्रमुख सुनिता डंगोलसहितका जनप्रतिनिधिहरुको छलफलपछि गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी समेत दिएकी छिन् ।

मेयर बालेनले गुरागाईंलाई २०८१ पुस १४ गते निलम्बन गरका थिए । मेयर बालेनले गुरागाईले १२ तले बनाउनुपर्ने काठमाडौं टावरलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा निलम्बन गरेका थिए ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा महानगरका कर्मचारीको ३ देखि ५ महिनासम्मको तलब रोकिएपछि कर्मचारीले गुरागाईलाई कार्यालयमा लागेका हुन् । कर्मचारीहरुले अहिले गुरागाई दोषी साबित नभएकोले काम गर्न दिनुपर्ने र अनुसन्धानपछि दोषी देखिए कारवाही गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *