काठमाडौंमा प्रदुषण खतराको तह पुग्यो नजिक

वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदुषणको तह अत्यन्त अस्वस्थ बनेपछि अनावश्यक रुपमा बाहिर न निस्किन र घरबाट काम गर्न सरकारले अनुरोध गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक अनुरोध जारी गर्दै काठमाडौंको वायु प्रदुषण खतराको तह नजिक पुगेको उल्लेख गर्दै सम्भव भएसम्म घरमै बस्न, कार्यालयको कम पनि घरबाट व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

प्राधिकरणले वायुप्रदूषण विज्ञहरुले अझै एक हप्ता प्रदुषणमा सुधार नहुने बताएको भन्दै सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा शिर्ष स्थानमा रहेको छ ।

‘एयर क्वालिटि इन्डेक्स’ को विहिबार अपराहन्न साढे १२ बजेको लाइभ रिपोर्ट अनुसार काठमाडौं विश्वको सबै भन्दा प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो । काठमाडौं पछि भारतको नयाँ दिल्ली दोस्रो स्थानमा छन् । दिल्लीको प्रदुषण १८३ एक्युआई पुगेको छ ।

प्रदुषण मापन गर्दा १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *