राजनीतिक भागबन्डाले शिक्षा, स्वास्थ्य र न्यायक्षेत्र धस्त

राजनीति समाचार

रामचन्द्र बस्नेत
राजनीतिक दलहरु बलियो नहुँदा कुनै पनि दलले बहुमत ल्याउन सकेका छैनन् । एउटा मात्रै दलले सरकार बनाउने बहुमत ल्याउन नसकेपछि गठबन्धन सरकार बनाउने वाध्यता लामो समयदेखि हुँदै आएको छ । पछिल्लो समयमा सरकार बनाउन मात्रै गठबन्धन भएको छैन । निर्वाचनमा समेत दुई वा त्योभन्दा बढी दलहरुको गठबन्धन हुने गरेको छ ।

गठबन्धन गरेर निर्वाचनमा होमिए तापनि कुनै पनि पार्टीले सरकार बनाउने सक्ने बहुमत प्राप्त गर्न सकेका छैनन् । दलहरुले एकल बहुमत ल्याउन नसकेकै कारण पटक–पटक सरकार बनाउने र ढाल्ने खेल हुँदै आएको छ । त्यसरी बनेको सरकारले संवैधानिक आयोगदेखि विभिन्न राजनीतिक नियुक्तिहरुमा समेत राजनीतिक भागबन्डा गर्ने कारणले गर्दा देशमा दीर्घकालीन विकास हुन सकेको छैन । त्योसँगै सुशासन पनि हुन सकेको छैन । राजनीतिक भागबन्डाले गर्दा योग्य, क्षमतावान र अनुभवी व्यक्तिहरुले अवसर पाउन छाडेका छन् । राजनीतिक भागबन्डाकै कारण न्याया क्षेत्रदेखि शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक सबै क्षेत्र लथालिङ्ग हुन पुगेको छ ।

अहिले कांग्रेस र एमाले दुई ठूला दलको दुई हाराहारी बहुमतको सरकार भए तापनि दीर्घकालीन विकास निर्माणभन्दा राजनीतिक भागबन्डामा अल्झिइरहेको छ । राजनीतिक भागबन्डाकै कारण विश्वविद्यालय जस्तो बौद्धिक संस्था पछिल्लो् समय लथालिङ्ग हुँदै गएको छ । संस्कृत विश्वविद्यालयमा विगत पाँच महिनादेखि तालाबन्दी गरिएको छ । संस्कृत विश्वविद्यालयमा विगत दुई वर्षदेखि पीएडीको नयाँ भर्ना रोकिएको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहँदा कांग्रेस र एमाले सरकारले ध्यान दिएको छैन । जुनसुकै पार्टीको सरकार भएपनि खाली नातागोता र कार्यकर्तालाई पोस्ने काम भइरहेको छ ।

संस्कृत विश्वविद्याल जस्तो गरिमामय संस्थामा राजनीतिक दलले खेलमैदान बनाउनु दूर्भाग्यपूर्ण भएको बुद्धिजीहरुको आँकलन छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक भागबन्डाका कारण तालाबन्दी हुँदा दुई सय पचास भन्दा बढी विद्यावारिधि सोधार्थीको पीएचडी स्कलर अलपत्र परेको छ । यो त एउटा सानो उदाहरण मात्रै हो । यस्ता विकृति, विसंगति अन्य संघसंस्थामा कति छन् कति । नेपाल सरकारको स्वामित्वमा रहेका उद्योगधन्दा र संघसंस्थाहरु राजनीतिक भागबन्डाकै कारण अधिकांश बन्द हुन पुगेका छन् । उता, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सरकारी क्याम्पसहरु विद्यार्थी नभएर खाली हुन थालेका छन् । सरकारी विद्यालयहरुमा विद्यार्थीभन्दा शिक्षक र कर्मचारीको मात्रै ताँती देखिन्छ ।

अधिकांश शिक्षकहरुले सरकारी विद्यालयमा हाजिर गरेर निजी विद्यालयमा पढाउने गरेका छन् । त्यसले गर्दा पनि नेपालका राजनीतिक दलहरुप्रति युवावर्ग टिाढिन थालेका छन् । जुनसुकै क्षेत्रमा व्यापक राजनीतिककरण हुन थालेपछि नयाँ पुस्ताहरु पुराना दललाई छाडेर नयाँ र स्वतन्त्रतिर मोडिएका छन् । त्यसले गर्दा राजनीतिक दलहरु दिनप्रतिदिन अलोकप्रिय बन्दै गएका छन् । त्यसप्रति नेताहरुले ध्यान दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *