काठमाडौं । लाहुरेकोभन्दा गुन्टाको फुर्फुर हुन्छ भनेझैं भएको छ अहिले गृह मन्त्रालय । सो मन्त्रालय अहिले पर्वतेहरुको कब्जामा छ । इमान्दार उपसचिवका रुपमा चिनिएका धर्मराज जोशीलाई गृहबाट लखेटिएको छ । उनी शुरुमा गृहमन्त्री रमेश लेखेको सचिवालयमा थिए,त्यहाँबाट अध्यागमन खटाइयो । उनी सहसचिव बन्ने लाइनमा छन् ।
त्यहाँँबाट सरुवा भएको महिनौं बित्दा पनि उनको नाम गृहकै वेवसाइडमा देखिन्छ तर उनै जोशीलाई लखेटेर मन्त्रीको सचिवालयमा भित्रिएका बद्री तिवारीको हालीमुहालीका कारण अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ । मन्त्री रमेश लेखक छन्, अनि सचिव गोकर्णमणि दुवाडी, जसरी हिजो दुवाडी भूमि व्यवस्थामा हुँदा उनका भाञ्जाका उठ्ती पुट्तीका कारण गृह प्रशासन बदनाम थियो आज उस्तै हालत छ गृह प्रशासनको । गृहका कर्मचारीदेखि प्रहरीसम्मको सरुवामा उनै बद्री हावी हुँदा अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ । अहिले मन्त्रीको सचिवालयमा भित्रिएका तिवारी यस अघि दिल्ली दुतावासमा थिए ।
डिभिजन सहकारी कार्यालय ललितपुरमा केही समय बसेका उनी अघिल्लो पटक रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । अहिले गृह प्रशासनमा पर्वतेहरु हाबी छन् । मन्त्रीको निजी सचिव तिवारी,कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका रमेश ढकाल समेत पर्वते हुन । गृहमन्त्री रमेश लेखकले ४ कार्तिक मा उनलाई सचिवालयमा भित्राएका हुन ।
तिवारीले गृह मातहतका विभिन्न जिल्लाका सिडियोदेखि अध्यागमन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवामा प्रिपेड घुस लिने गरेको गृह स्रोतको भनाई छ । उसो त यसअघि रमेश लेखक २०६४ सालमा श्रम राज्यमन्त्री हुदा तिवारी विभिन्न च्यानलको प्रयोग गरेर उनै लेखकको सचिवमा छिरेका थिए । त्यतिबेला पनि तिवारीले म्यानपावर ब्यावशायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो । आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुदा फेरि तिवारीलाई राख्नुको पछाडि उठ्ती पुट्तीमा सजिलो होस भनेर राखेको बुझ्न कठिन छैन ।
देउवा प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर आतंक मच्चाए पछि त्यहँँबाट हटाएर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको उनलाई गृहमा भित्र्याउनुको पछाडि दालमा केही न केही कालो छ भन्दैछन्,गृहकै कर्मचारीहरु । टिआइएमा मात्र दरबन्दीभन्दा ४० जना बढी अधिकृतहरु खटाएर उनीहरुसँग बानेश्वरको इन्द्रेणी फुडल्याण्याडमा बोलाएर रकमको डिल गरेको आरोप छ उनीमाथि । यस्का अलवा उनकै जोडबलमा अहिलेर अध्यागमन प्रमुख भएर पठाइएका तिर्थराज भट्टराईले रकम बोकेरै उनै बद्रीलाई भेट्न आउने गरेको गुनासो गृहमा व्यापक छ । पछिल्लो समय नेपाल प्रहरीमा ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस हुँदा समेत रिजाल हावी भएको प्रहरी स्रोत दावी गर्दछ ।
२०७२ सालमा डिएसपीमा बढुवा भएका ७ जनालाई छुटाएर २०७४ मा डिएसपी भएका १० जनालाई बढुवा गरिएको छ । यसले गर्दा संगठनमा ठुलो असन्तुष्टि पैदा भएको छ । यसअघि पनि ३९ नम्बर र ३४ नम्बरलाई अगाडि ल्याउन अगाडि भएकालाई बढुवामा छुटाइएपछि प्रहरी संगठनमा असन्तुष्टि बढ्न पुगेको थियो । यसले गर्दा संगठनमा मनोबल खस्केको र विवादितहरूले मात्रै अवसर पाएको भन्दै असन्तुष्टि अधिकृतहरुले पोख्न थालेका छन् ।