चालु आर्थिक वर्ष सकिन लाग्दा सरकार आम्दानी र खर्च दुबै लक्ष्य हासिल गर्न असक्षम, खर्च ७२ र आम्दानी ७३ प्रतिशतमै सीमित

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी रहँदा सरकारले आम्दानी र खर्च दुबैको लक्ष्य हासिल गर्न असक्षम देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३ दशमलव ३३ प्रतिशत मात्रै आम्दानी गरेको छ भने ७२ दशमलव ७७ प्रतिशत मात्रै खर्च गरेको छ । समीक्षा अवधिसम्म सरकारको अनुदान सहायताको लक्ष्य र पुँजीगत खर्चको लक्ष्य प्राप्तिको अवस्था निकै कमजोर देखिएको छ । तथ्यांकअनुसार समीक्षा अवधिसम्म सरकारले अनुदान सहायता ३७ दशमलव ६१ प्रतिशत मात्रै प्राप्त गरेको छ भने पुँजीगत खर्च ४४ दशमलव ७६ प्रतिशत गरेको छ ।

समीक्षा अवधिसम्म सरकारले १३ खर्ब ५३ अर्ब ६५ करोड दुई लाख रुपैयाँ खर्च गरेको छ भने आम्दानी जम्मा १० खर्ब ७९ अर्ब १५ करोड आठ लाख रुपैयाँ मात्रै गरेको छ । समीक्षा अवधिसम्म सरकारको आम्दानीको तुलनामा खर्च दुई खर्ब ७४ अर्ब ५० करोडले बढी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *