काठमाडौं । पार्टी सिद्धान्त र कार्ययोजनाको ठेली बोकेर महासचिव देव गुरुङ क्रिश्चियनको खबरदारी गर्छन् । तर अध्यक्ष दाहाललाई सत्ता र प्रधानमन्त्री पदको भारी बोक्ने रहर छ । एमालेका चतुर खेलाडी अध्यक्ष केपी ओलीले कांग्रेससँग गरेको सम्झौता माफिया रामेश्वर थापाले सार्वजनिक गर्दा केपी ओलीकै कुरामा रमाउने पुष्पकमल दाहाललाई ९ महिना सिंहदरबारको कुर्सी गुम्दा प्रचण्लाई छट्पटी नभएको होइन । प्रचण्डको छटपटीबाट राजनीतिक अस्थिरता सुरु भएको छ । नेकपा एमालेले त्यो बुझेको छैन, तर एमाले पार्टी अध्यक्षलाई सबैतिरबाट घेराबनदी बनाउँदै लगेको छ ।
प्रधानमन्त्रीको विरुद्व राजावादीहरु पनि लागे । कांग्रेस भित्र पनि आफ्नै खिचातानीले गर्दा भ्रष्टाचारमा फस्दै गएको छ । माओवादी अध्यक्षले दिएको २०७९ सालको धोकामा कांग्रेस सभापति शेरबहादुर देउवाले लिपपोत गरेपनि कांग्रेसबाट भ्रष्टाचारको नियन्त्रण सम्भव छैन । किनकि कांग्रेस गृहमार्फत कमाइ गर्ने दाउमा छ । एआइजी बन्न सशस्त्रका कमल गिरी, नेपाल प्रहरीका सिद्धिविक्रम शाहीले डा.आरजु समक्ष बोलकबोल गर्नुपरेको छ । कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डले लगेको प्रस्ताव सुन्ने र उडाउने गरेको छ । प्रचण्ड आफै कालोबजारी तस्करी नियन्त्रण गर्नका लागि छातीमा हात राख्ने पक्षमा छैनन् प्रहरीले प्रचण्डलाई गन्दैनन् ।
देशको निजामती प्रशासन कर्मचारीको खल्तीमा छ । सत्ता फेरबदलका कुराले सरकार नै अस्थिता बन्दै गएको छ । सरकारको लागि भारतीय खेताला डा. शेखर कोइरालाले चलाएको कदमबाट प्रधानमन्त्री ओलीलाई समस्या पर्दै गएको छ ।