मुलुककै पहिलो दल नेपाल प्रजा परिषद् (१९९३) हो । सो पार्र्टी २०७४ साल कार्तिक २३ गते नेकपा एमालेमा एकिकरण भयो । त्यसैले नेपालको पुरानो दलको हैसियत बोकेको पार्टी नेकपा एमाले भन्दा कुनै फरक पर्दैन । यस पार्टीको टोल देखि केन्द्रसम्मको अधिवेशन हुन्छ । यी अधिवेशनहरुमा सहभागीतामूलक पद्धती देखि प्रतिनिधिमूलक अभ्याससम्म भैरहेको छ । हरेक संरचनाका नियमित अधिवेशन हुने, कमिटी वन्ने, बैठक वस्ने, पार्टी अभियानहरु सञ्चालन गर्ने नियमित काममा पर्दछ । नेकपा एमालेका ७५३ वटा पालिका कमिटी रहेका छन् । त्यस मध्येको एक दोलखामा रहेको भीमेश्वर नगर कमिटी हो ।
सांगठनिक काम
नेपालमा ६ वटा महानगर, ११ उपमहानगर र २ सय ७६ वटा नगरपालिका रहेका छन् । त्यसै गरी ४ सय ६० गाउँपालिका रहेका छन् । ती सबैमा नेकपा एमालेको संरचना रहेको छ । त्यस मध्येको दोलखाको भीमेश्वर नगर कमिटी एक हो । २०८१ साल बैशाख २२ गते दोस्रो अधिवेशन भएको थियो । अधिवेशन उद्घाटन पूर्व नैं वडाबाट सदस्य संख्याको अनुपातमा प्रतिनिधिहरु चयन भैं जिल्ला कमिटी र प्रदेश कमिटीबाट प्रतिनिधिहरुको नामावली अनुमोदन गरिएको थियो । अधिवेशनबाट आगामी कार्यभार पारित गर्दै सहमतीमा नेतृत्व चयन भएको थियो ।
कमिटीको वैठक वस्ने, सचिवालय गठन गर्ने, जिम्मेवारी वाँड्ने, लेवी तोक्ने यी नियमित कर्महरु हुन् । एक बर्षको अवधीमा पूर्ण कमिटीको वैठक ३ वटा र सचिवालयको वैठक पनि ३ वटै वसेछ । माथिल्लो कमिटीका नेताहरुसँगको समन्वय वैठक, जनसंगठन संयन्त्रको वैठक र पदाधिकारी वैठक समेत बसीरहेको छ । ९ वटै वडामा वडा अधिवेशन सम्पन्न भैं वडामा नयाँ नेतृत्व आएको छ । वडामा २०० जना भन्दा वढि, नगर कमिटीमा ६० जना, जिल्ला कमिटीमा २५ जना, प्रदेश कमिटीमा ४ जना र केन्दीय कमिटीमा २ जना भीमेश्वरको भुगोलबाट प्रतिनिधित्व रहेको छ । ९ वटा जनसगठनका नगर स्तरका संरचना तयार भएका छन् । ती संगठनका विभिन्न तहमा नगर क्षेत्रका नेताहरुको प्रतिनिधित्व रहेको छ । पार्टी अभियानमा नगर क्षेत्रका सवै पार्टी कमिटी, जनसंगठनहरु क्रियाशिल हुने गरेका छन् ।
सवालमा आधारित संवाद
एक वर्षको अवधीमा केही रणनीतिक कामहरु समेत भएका छन् । कमिटीको वार्षिक कार्यक्रम सहितको क्यालेण्डर तयार भएको छ । जनताको जनजिविकामा असर पार्ने सवाल नैं पार्टी कमिटीको मुद्धा भन्ने मान्यताकासाथ समसामयिक विषयमा संवाद थालनी गरियो । विगतमा सुरु भएका रणनीतिक विकासलाई टुङ्गोमा पु¥याउन भीमेश्वर नगर कमिटीले सवादको थालनी ग¥यो । ‘दिगो र जनमैत्री विकास हाम्रो सरोकार’ नामक संवादको श्रृखला सुरु गरियो । पहिलो श्रृखला चरिकोट बजारको ढलको विषयमा २०८१ माघ १५ गते सातदाबाटोमा आयोजना गरेकोे थियो ।
सो संवादमा ढल परियोजनासँग सम्वन्धीत निर्माण व्यवसायी, परामर्शदाता, नगरपालिकाका जनप्रतिनिधि, नागरिक, पूर्व नगर प्रमुख एव प्रदेश सांसद र राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो । झण्डै ६३ करोड लागत रहेको ढल सम्वन्धी योजनाको ८५ प्रतिशत एसियाली विकास वैंकको ऋण हो भने वाँकी रकम भीमेश्वर नगरपालिकाले व्यहोर्नु पर्ने छ । २०८१ चैत्र मसान्त भित्र ढल सुचारु भैसक्ने निर्माण पक्षको दावी रहेको थियो । योजनाका वारेमा स्थानीय समुदायले थाहा नपाएको, ढल र शौचालयको कनेक्सन कसरी हुने, सामाजिक परिचालन नभएको जस्ता विषयमा नागरिक प्रश्नमा सम्वन्धीत पक्षले जवाफ दिइएको थियो । विकास प्रति पार्टी कमिटीले चासो लिएर सवाद आयोजना गर्नुलाई महत्वपूर्ण कदम भएको र यसलाई नियमित गर्नकालागि पृष्ठपोषण प्राप्त भएको छ ।
नगर कमिटीले निर्वाचन लक्षित कार्यमा सहयोग तथा तयारीकोलागि स्थानीय तह निर्वाचन व्यवस्थापन कोष व्यवस्थापनका वारेमा छलफल सञ्चालन गरेको छ । चाडबाडको सन्दर्भमा नागरिकका घरमा पुगि छलफल गर्ने शुभकामना आदानप्रदान गर्ने कार्यक्रमलाई संस्थागत गर्ने विषयमा छलफल चलाएको छ । भीमेश्वर नगर क्षेत्रमा रहेको नेकपा एमालेका जनसंगठनहरुसँगको नियमित वैठक गरी सामुहिक सहकार्यको थालनी भएको छ ।
क्षमता अभिवृद्धिकालागि प्रशिक्षण
पार्टी अभियानलाई व्यवस्थीत गर्ने क्रममा पदिय जिम्मेवारी महत्वपूर्ण हुन्छ । वैठक तथा कार्यक्रम प्रभावकारी वनाउन पदिय जिम्मेवारी अनुसार सचिवको भूमिका अपरिहार्य हुने भएकोले ९ वटै वडा कमिटीका सचिव र उपसचिवलाई माइन्यूट लेखन तथा कार्यक्रम सञ्चालन सम्वन्धी क्षमता अभिवृद्धि प्रशिक्षण सञ्चालन भएको थियो ।
वडा र नगर स्तरीय विभिन्न कार्यशालाहरु सञ्चालन गर्ने गर्दछ । प्रशिक्षणलाई कार्यशालामूलक बनाउन माथिल्ला कमिटीका नेताहरुको सहयोग तथा समन्वयमा नगर कमिटीले भूमिका खेलिरहेको छ ।
जरा अभियान
पार्टी केन्द्रले निर्धारण गरे अनुसारको ‘अबको ध्यान वडा केन्द्रीत (जरा¬) अभियान’ प्रभावकारी सञ्चालन गरिरहेको छ । यस अभियान अन्तरगत वडा कमिटीको प्रशिक्षणमूलक वैठक, जनता भेटघाट, विकास निर्माणको अनुगमन जस्ता काम भैरहेका छन् । जनताका कुरा सुन्ने अभियानको रुपमा सञ्चालन गरिएको छ । हरेक नागरिकको घरमा पुगिएको छ । विवरण संकलन भएको छ । हरेक नागरिकको नाम, फोन नंं, व्यक्तिगत क्षमता, पार्टी प्रतिको गुनासा र अपेक्षाहरु संकलन भएको छ । यसका आधारमा टोल अधिवेशन गर्ने, वडा स्तरको समृद्धिको योजना तयार गर्ने कार्य हुँदैछ । योजना तयार गर्दा नागरिक वा जनताको मागमा आधारित हुने छ । वडाले सम्पादन गर्न नसक्ने योजना माथिल्लो तहमा पठाउने सोचका साथ योजना रुपी दस्तावेज तयार हुने छ । यीनैं योजनामा रहि अब वडा तथा नगरपालिकाका प्राथमिकता निर्धारण हुने सोच तयार भएको छ ।
यसै विचमा पार्टी केन्द्रको निर्णय अनुसार चैत्र ११ गते सवै वडामा सचेतना सभा सञ्चालन भयो । त्यसै गरी चैत्र १८ गते जिल्ला स्तरको जागरण सभा आयोजना गरिएको थियो । सो सभामा भीमेश्वर नगर क्षेत्रबाट वाक्लो उपस्थीति रहेको थियो ।
सामुहिक वनभोज
२०८१ सालभर पार्टी काममा निरन्तर कृयाशिल भैरहनु परेको थियो । सधैं जसो औपचारिक कार्यक्रममा तल्लीन भैरहनु परेको थियो । नेता कार्यकर्ताको पारिवारीक चिनजान र घुलमिल समेत गर्नकालागि सहयोग पु¥याउने अभिप्रायले २०८२ सालको पहिलो दिन पारिवारीक तथा वृहत वन भोज कार्यक्रम आयोजना गरिएको थियो । भीमेश्वर नगरका ९ वटै वडाबाट वडा कमिटीको सकृयतामा ८ सय हाराहारीमा पारिवारीक सदस्यहरु सहितको नेता कार्यकर्ताको जमघट भएको थियो । धेरै जनाको पारिवारीक घुमफिरको योजना हुँदा हुँदै पनि भीमेश्वर नगर कमिटीले आयोजना गरेको वनभोजमा वाक्लो उपस्थीतीले एमालेको संगठन क्रियाशिल रहेको दावी गर्ने आधार देखिन्छ ।
जनमैत्री योजना तर्जुमामा सहकार्य
पार्टी काम र अभियानका अलावा स्थानीय सरकारबाट सम्पादन हुनु पर्ने विषयहरुलाई जनमैत्री वनाउने कार्यक्रम भूमिका खेली रहेको छ । स्थानीय तहको नीति तथा कार्यक्रममा समावेश हुनु पर्ने विषयहरुका वारेमा नगर कमिटीले लिखित रुपमा जानकारी सहित ध्यानाकर्षण गराएको थियो । नगरपालिकाबाट आयोजित हुने हरेक कार्यक्रममा नगर कमिटीको प्रभावकारी उपस्थीति र अर्थपूर्ण सहभागीता रहेको छ । नेकपा एमालेका उम्मेदवार भैं निर्वाचित जनप्रतिनिधिहरुसँग नियमित अन्तरक्रिया हुने गरेको छ । पार्टी कमिटीका अवधारणाहरु कार्यान्वयनकालागि अनेकानेक कोशिस भैरहेको छ । विकास निर्माण र समृद्ध भीमेश्वर वनाउने कार्यमा दलिय भन्दा पनि राजनीतिक कोर्षमा भीमेश्वर नगर कमिटीले भूमिका खेलिरहेको छ ।
नयाँ बर्षमा थप अठोट
अझै पनि भौतिक पूर्वाधार केन्द्रीत योजना नैं वढि तर्जुमा हुने गरेको पाइन्छ । उत्पादनमूलक कार्यक्रमहरु कम छन् । भौतिक पूर्वाधार निर्माणका प्रकृयामा नागरिक संलग्नता असाध्यै फितलो देखिन्छ । पूर्वाधार निर्माणमा सामाजिक परिचालनको विषय ओझेलमा परिरहेको छ । नगर भित्र रहेको साधान स्रोतको लेखाजोखा गरी सदुपयोग गर्नु पर्ने छ । प्रकृयागत योजना तर्जुमा हुने गरेको छैन । महिला, दलित, विपन्न सशक्तिरण तथा उत्पादनमूलक योजनालाई नगरका गौरबका योजनाको बनाइनु पर्दछ ।
भीमेश्वर नगर भित्र नेकपा एमालेको कोही व्यक्ति स्थापित हुने भन्दा पनि पार्टी कमिटी स्थापित हुने अभियान सञ्चालन गर्नु पर्ने छ । नेकपा एमालेका कार्यकर्ता र आवद्ध रहेका हरेक मान्छे असलपना सहितको फरक हुन सक्नु पर्दछ । जनजिविकाको सवाल नैं पार्टी कमिटीको एजेण्डा वन्नु पर्दछ । यी र यस्तै अभियानमा पार्टी विधान, सर्कुलर समेतको आधारमा माथिल्ला कमिटी र वडा कमिटीसँगको समन्वयमा भीमेश्वर नगर कमिटी निरन्तर क्रियाशिल भैरहनु पर्दछ । यो नैं भीमेश्वर नगर कमिटीको आगामी कार्यभार सहितको अठोट हो । यो एक वर्षमा भीमेश्वर नगर कमिटीलाई सहयोग गर्ने सवै प्रति धन्यवाद प्रकट गर्दै निरन्तरताको अपेक्षा सहित नयाँ वर्षको उपलक्ष्यमा शुभकामना ।