एमाले र माओवादीभन्दा बदनाम कांग्रेस

राजनीति समाचार

काठमाडौं । दलीयतामा वैधानिकताले प्राथमिकता पाउँछ । पार्टी स्थापित हुन वर्गीय संगठनहरूको नियमिततालाई हेरिन्छ । कम्युनिष्टहरूमा नेतृत्व चयनको विषय लोकतान्त्रिक हुँदैन भन्ने पनि छन् । तर आफू सधैँ लोकतन्त्रको प्रचार गरेर नथाक्ने कांग्रेसले भने पार्टीको महाधिवेशन पनि समयमा गर्दैन । जनवर्गीय संगठनहरूलाई पनि समयमा अधिवेशन गरेर नेतृत्व चयन गराउन सक्दैन ।

नेविसंघको १२ औं महाधिवेशनको तयारी गर्दागर्दै २०७८ सालमा नैनसिंह महरले राजीनामा दिएपछि पार्टीले टीका लगाएर बनाएको तदर्थ समिति अहिलेसम्म तदर्थमै सिमित छ । पार्टी सभापतिले दुजाङ शेर्पालाई अध्यक्ष बनाए । नेविसंघको अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य किशोर सिंह राठौर खटाइएका छन् । तर पनि १२औं महाधिवेशनको खोजखबर छैन ।

१२ भातृ संगठनमध्ये नेविसंघ, तरुण दल र महिला संघबाट पार्टीमा प्रवेश गर्ने, नेतृत्व लिने भएपनि माउ पार्टीको हस्तक्षेपले कांग्रेसका भातृ संगठनहरू थला परेका छन् । वैधानिक बन्न नेकपा एमालेले आफ्नो जनवर्गीय संगठनमा हस्तक्षेप गरेर पनि नेतृत्व चयन गर्छ । माओवादीमा पनि एमालेको भन्दा फरक परिस्थिति बन्दै गएको छ । तर कांग्रेसको संगठन पक्ष बदनाम भएको छ ।

अरुको कुरा काट्दा आफू प्रजातन्त्रको ठेकेदार हुने त्यो कांग्रेसलाई आफ्नै भगिनी संगठनले समयमा महाधिवेशन गर्न नसक्दा संकोच छैन । पार्टीका केन्द्रीय सदस्य र पदाधिकारीहरू नै भातृ संगठनका अंग रक्षक बनेका छन् । महिला संघको अधिवेशन गराउन डा. प्रकाशशरण महत दलित संघको अधिवेशन गराउन जीवन परियार खटेका छन् । राठौर र परियार सहमहामन्त्री हुन् । डा. महामन्त्रीमा पराजित भएपनि पार्टीको प्रवक्ता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *