शिक्षक ऐन जारीको माग गर्दै,आन्दोलनरत शिक्षकद्वारा सरकारसँग वार्ता गर्न अस्वीकार

वाग्मती प्रदेश समाचार

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै दुई महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ । तर, आन्दोलनरत शिक्षक महासंघले भने सरकारले बोलाएको वार्ताको औचित्यहीन रहेको प्रतिक्रिया दिँदै त्यसलाई अस्वीकार गरेको छ ।

यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेकोले फेरि वार्ता र सहमतिको आवश्यक नभएको उनिहरुले उल्लेख गरेका छन् । सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गर्दै बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *