काठमाडौं । भारतीय रक्षा मन्त्रालयले सबै मिडिया, डिजिटल प्लेटफर्म र सबै नागरिकलाई युद्धको अवस्थाको ‘रियल टाइम’ रिपोर्ट नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सबै मिडिया च्यानलहरू, डिजिटल प्लेटफर्महरू र व्यक्तिहरूलाई रक्षा अपरेशनहरू र सुरक्षा बलहरूको आवागमनको प्रत्यक्ष कभरेज वा वास्तविक-समय रिपोर्टिङबाट टाढा रहन सल्लाह दिएको हो ।
मन्त्रलायले संवेदनशील वा स्रोत–आधारित जानकारीको खुलासाले परिचालन प्रभावकारितालाई खतरामा पार्न सक्ने र जीवनलाई खतरामा पार्न सक्ने भन्दै कारगिलयुद्ध, २६/११ आक्रमण, र कान्दहार अपहरण जस्ता विगतका घटनाहरूले समयपूर्व रिपोर्टिङको जोखिमलाई प्रमाणित गरेको उल्लेख गरेको छ । मन्त्रालयले केबल टेलिभिजन नेटवर्क (संशोधन) नियम, २०२१ को धारा ६(१)(प) अनुसार, आतंकवाद विरोधी अपरेशनहरूको समयमा तोकिएका अधिकारीहरूद्वारा आवधिक ब्रीफिंग मात्र अनुमति रहेको जानकारी दिएको छ ।
साथै सबै सरोकारवालाहरूलाई राष्ट्रको सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै कभरेजमा सतर्कता, संवेदनशीलता र जिम्मेवारी प्रयोग गर्न आग्रह गरेको छ ।