नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्वीप

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार आइतबार निर्णयार्थ पेश हुने सरकारको नीति तथा कार्यक्रमको पक्षमा अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो । ह्वीपमा भनिएको छ, ‘सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *