काठमाडांै । कर्मचारीतन्त्रभित्र पहिला पुरुष कर्मचारीहरुको हालीमुहाली चल्दै आएको थियो । जब नेपालमा प्रजातन्त्रहुँदै लोकतान्त्रिक गणन्त्रात्मक सशासन प्रणली सुरु भयो त्यसयता महिला कर्मचारीहरुको संख्या ह्वात्तै बढेको छ । त्यसमा खुल्ला प्रतिस्पर्धादेखि महिलाहुँदै जनजाति, दलित, अल्पसंख्यक, पीछडिएको क्षेत्र र असक्तहरुको लागि कोटा सिस्टम लागु भएपछि महिला कर्मचारीहरुको संख्या बढ्न थालेको हो । कतिपय खुल्ला प्रतिस्पर्धाबाट आउने गरेका छन् भने कतिपय कोटाबाट महिला कर्मचारीहरु आउने गरेका छन् ।
त्यसरी जागिर खाने महिला कर्मचारीहरुले अधिकांश मन्त्रालय र घरपायक पर्ने ठाउँमा अवसर पाउने गरेका छन् । त्योसँगै संघीय मन्त्रालयमा अस्थायी र करारमा जागिर महिला कर्मचारीहरु त्यत्तिकै छन् । अस्थायी र करारमा जागिर खाने महिला कर्मचारीहरुमा मन्त्री, नेता र उच्च पदस्थ कर्मचारीहरुका आफन्तहरु हुने गरेका छन् । त्यसरी जागिर खाएका अधिकांश महिला कर्मचारीहरुले मोफसलमा सरुवा हुनु पर्दैन । उनीहरुलाई सिंहदरबार र उपत्यकाभित्रका घरपायक पर्ने विभिन्न कार्यालयहरुमा खटाइन्छ ।
खुल्ला प्रतिस्पर्धाबाट आएका उच्च पदस्थ महिला कर्मचारीहरुलाई केही समय बाहिर सरुवा गरिए तापनि बढुवाको लागि मात्रै पठाउने गरेको बताइन्छ । कतिपय महिला कर्मचारी स्थानीय तहको कार्यकारी प्रमुख भएर जानको लागि घरपायक पर्ने स्थान रोज्ने गरेका छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर महिला कर्मचारीहरु लामो घरबिनामा पर्नुपर्ने वाध्यताका कारण घरपायक रोज्ने गर्दछन् । धेरैजसो महिला कर्मचारीहरु बिदामा बस्दा अर्कोलाई निमित्त दिने गरिन्छ ।
निमित्त पाएका कर्मचारीहरुले पनि समयमा सेवाग्राहीको काम नगर्ने गरेर दुःख दिने गर्दै आएका हुन्छन् । त्यसले गर्दा सेवाग्राहीले मार खेपेसँगै विचौलियाहरु खेल्न थाल्छन् । सेवाग्राहीले विचौलिया प्रयोग गरेर आफ्नो काम फत्ते गर्न खोजेपछि झन् भ्रष्टाचार र विकृति फैलिँदै गएको छ । पहिला–पहिला भ्रष्टाचारका काण्डमा परुष कर्मचारीहरु मुछिने गरेका थिए भने पछिल्लो समय महिला कर्मचारीहरु बढी भ्रष्टाचारमा मुछिन थालेका छन् ।
किन कि महिला कर्मचारी भएको अड्डामा सेवाग्राहीले सिधै गएर समस्या राख्न पनि सक्दैन र खुलस्त कुरा गर्न पनि सक्दैनन् । त्यसले गर्दा सर्वसाधारणले विचौलिया प्रयोग गर्ने गर्दछन् । विचौलिया प्रयोग भएपछि उनीहरुले लेनदेनको कुरा अगाडि बढाउने गर्दछन । यस्ता अड्डाहरुमा यातायात, मालपोत, नापी, कर, उद्योग, कम्पनी, वैदेशिक रोजगा, भन्सार, राजश्व अनुसन्धान पर्दछन् । यी कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुले बिना घुस काम अगाडि नबढाउने गरेको पीडितको गुनासो छ ।
यतिबेला पुसमसान्तको सिजन चलेको छ । कर चुक्ता निकाल्ने, अक्पनी अध्यावधिक गर्ने, कम्पनी नविकरण गर्ने, उद्योग दर्ता गर्ने, वडा नविकरण तथा दर्ता गर्ने जस्ता काममा विचौलियाहरुले खेल्दै आएका छन् । यी कार्यालयहरुमा विचौलियामार्फत् गएको काम तुरुन्त हुन्छ भने सेवाग्राही आफै लगेको काममा कर्मचारीहरुले विभिन्न बहाना बनाएर ढिलासुस्ती गर्ने गर्दछन् । त्यसमा अझ महिला अधिकृत भएको ठाउँमा न खुलस्त रुपमा समस्या भन्छन् न काम नै गर्दछन् । त्यसले गर्दा पछिल्लो समय सरकारी कार्यालयहरुमा महिला कर्मचारी हावी हुँदा सेवाग्राही मारमा पर्ने गरेका छन् । संस्थागत भ्रष्टाचारमा पनि महिला कर्मचारी नै अगाडि भएको पाइन्छ ।

