काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले स्वतन्त्रबाट जितेपछि संघीयता खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । आज तिनै बालेन नेपालको संविधान २०७२ लाई टेकेर पार्टी गठन गरी भावी प्रधानमन्त्रीको रुपमा उभिएका छन् । बालेन भावी प्रधानमन्त्रीको रुपमा उभिइरहँदा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङबीचको एकताले नेपालको सार्वभौमसत्ता र शान्ति सुव्यवस्था चयन गर्ने हुने अवस्था देखिँदैन ।
किन कि रास्वपाका सभापति रवि लामिछानेले सर्वसाधारण जनताले खाइनखाइ जम्मा गरेको सहकारीको पैसा हिनामिना गरी जनतालाई सडकमा पु¥याएका थिए भने काठमाडौंका मेयर बालेन शाहले सर्वसाधारणले पेशा व्यवसाय गर्दै आएका फुटपाथे व्यापारीलाई उठिवास लगाएसँगै जेनजी आन्दोलनका क्रममा देशको भौतिक संरचनामा आगजनी हुँदा निभाउने प्रयाससमेत गरेनन् । आज उनै बालेन देशको प्रधानमन्त्री बन्न खोजिरहेका छन् । त्यसले गर्दा पनि बुद्धिजीवी, प्रध्यापक, पत्रकार र सर्वसाधारणले बालेनदेखि सतर्क हुनुपर्ने भएको छ ।
अर्कोतिर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर चर्चामा आएका कुलमान घिसिङलाई जनताले जति ‘हाइहाई’ गरे तापनि उनको भित्री खेलोफड्को अर्कै भएको बुझ्न सकेका छैनन् । घिसिङले विद्युत प्राधिकरणमा बसेर लोडसेडिङ अन्त्य गर्ने नाममा जल माफियाहरुसँग मिलेर नेपाललाई ठूलो मात्रामा हानीनोक्सानी पु¥याएका थिए । त्यसबेला घिसिङले विद्युत् प्राधिकरणलाई हानीनोक्सानी मात्रै पु¥याएनन् नेपालमा एमसीसी लागु गर्ने मतियार नै बन्न पुगेका थिए ।
आज नेपालमा एमसीसी लागु गराएर राष्ट्रघाती काम गरेका छन् । उनै कुलमानको डिजाइनअनुसार देश जलेर तहसनहस भएको छ ।, रवि र कुलमान अमेरिकी एजेन्टको रुपमा परिचित छन् भने बालेन शाह तिब्बतीय नागरिक दलाई लामाको गोटी बनिरहेका छन् । तीनै तीन भाइले पार्टी एकता गरेर आगामी फागुन २१ को निर्वाचनमा दलहरुलाई बढार्ने योजना बनाइरहेका छन् । त्यसले गर्दा सो निर्वाचनमा दलका नेता र सर्वसाधारण जनता होसियार रहनुपर्ने देखिन्छ ।
यदि दलका नेता र सर्वसाधारण जनता होसियार भएनन् भने यी तीन भाइले देश कता पु¥याउँछन् त्यो एकिन छैन । त्यसले गर्दा पनि सबै तह, तप्काका व्यक्तिहरुले बालेन, रवि र कुलमानदेखि होसियार हुनुपर्ने बेला आएको छ ,। यदि होसियार नभएको खण्डमा नयाँ अनुहार र स्वतन्त्रको नाममा नेपाल विदेशीको अखडा बन्ने निश्चित छ । त्यसले गर्दा आमयुवा, युवतीहरुले नयाँ र स्वतन्त्रको बहकाउमा नलागी आफ्नो मतको स्वविवेक प्रयोग गर्नुपर्ने बेला आएको छ । त्योसँगै पार्टीका नेता र कार्यकर्ता पनि होसियारपूर्वक अगाडि बढ्नुपर्ने हुृन्छ । नत्र मुुलुक भेनेजुयलाको अवस्थातिर नजाला भन्न सकिँदैन ।

