काठमाडौं । देशमा परिवर्तनको लहर खोजीदैँ छ । तर रैथाने पार्टीहरुमा चेतना आएन् । एमालेले रामबहादुर थापा, गुरु बराल र कोमल ओलीलाई त्याग्न नसकेझैँ कांगैसले नेताका छोरा छोरी, भान्जा भान्जी, राष्ट्रपतिकी छोरी च्यापेर पार्टीमा योगदान गरेका कार्यकर्ताहरुमा आक्रोश थपेको छ । एक पटक सासद र मन्त्री भएकाहरु लाई समानुपातिक सूचीमा अवसर नदिने सार्वजनिक रूपमा घोषणा गर्दा एमालेले सम्मानका लागि मोहनचन्द्र अधिकारी, अमृत बोहोरा जस्ता आदशवार्नहरु सम्झेन ।
दबाब बढेपछि ओली तातेका छन् । नेपाली कम्युनिष्ट पार्टी र राश्वपामा नयाँ अनुहार जोडिन प्रतिपर्धा गर्दै छन् । तर, एमालेमासँगै भएकाहरु चुनावमा केपी ओलीको प्रतिस्पर्धी बनेबापत निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल टाढा बनाईएका छन् । एमालेमा योगदानकै कुरा गर्दा कोमल ओली भन्दा इश्वर पोखलेलकै योगदान थियो । पुर्व राष्ट्रपति विद्या भण्डारको टिममा पोखरेल जानु अपराध होइन । आज नेकपाको लहरमा मात्र होइन रास्वपाको लहरमा पनि एमालेबाट पुराना नेता कार्यकर्ताको प्रवेशले हलचल ल्याउदैँछ ।
महासचिव शंकर पोखरेल र अध्यक्ष ओलीकै गृहजिल्लाका झण्डै डेढदर्जन समानुपातिक सूचीमा पारिनुले पनि असन्तुष्टी आउन सक्छ । नयाँ शक्तिहरुलाई एमाले बाघ बनेको होङकार दिने तर कांग्रेस र माओवादीले ०७९ मा मोर्चा बनाएभैm एमाले र कांग्रेसले सीट वाडफोडको तयारी गर्नुले ठूला दलमा देखिएको हिनतावोध हो । किनकी भदौ २३ सम्म यो मूलुकको शासक भएकाहरुले जनताको आवाज सुन्न चाहेका थिएनन् । तीनका दम्बले हिजोको पार्टी संरचना भत्काएकै थियो। त्यही कारण मिलेसम्म नेकपालाई एक बनाउन दवाव छ ।
राष्ट्रको बजेट अनुउत्पादक क्षेत्रमा खर्च गरेर विकासको लहर आएको छैन । तर पनि आफूलाई आफूले बोलेपछि सेतोलाई कालोभन्दा थपडी बजाउनेहरुको घेरामा बसेर रमाउनेहरुलाई ओलीको राजनीतिले कुन मोड लिन्छ । समिक्षा गर्न फुर्सद छैन । देशमा ६४ प्रतिशत मत वाम पक्षको हुँदा पाटीभित्र अन्र्तधात गरेर २०७४ सालमा वर्दीयावाट वामदेव गौतमलाई हराउने हरु पनि एमालेमा पिडित बन्न पुगेका छन् । आजको स्थितीमा अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा सकियो । अव सवै एमाले एकजुट हुनुपर्छ । मुखले बोलीझैँ र व्यवहारमा एक रुपता नहुँदा अनेक शंका उब्जिएका छन् । काग्रेससँगको गठबन्धन गठबन्धन सफल हुन्न । एमालेसँग देउवा पक्षले गठबन्धन गरेतापनि गगन शेखर पक्षले स्वीकार को छैन ।

