बत्तीस थरी जेनजीका बाह्र थरी कुरा

राजनीति समाचार

काठमाडौ । आफ्नै योजनामा स्पष्ट नभएका उधारो जेनजीका बाह्र थरी तर्क र खजुरे प्रवृत्तिले सरकारलाई अन्योलता बढ्यो । पुराना दलहरुको परिवर्तनप्रतिको स्वभाव पनि परिवर्तन नहुने भो । युवा पुस्ताले देशको हित, जनताको सेवा स्वास्थ्य, शिक्षा, रोजगार जस्ता विषयमा एकरूपता र निस्पक्षता भएन ।

जेनजीका योजना भ्रष्ट्राचार नियन्त्रण र शुसासन मात्र होहन । न्यायिक निष्पक्षता, प्रहरी र प्रशासनको निष्पक्षता, पारदर्शीता, मितव्यचिल र आर्थिक क्षेत्रमा सहजताको मुद्दा उठाए । तर, तीनले आफ्नै योजना र मुद्दा विर्सिएर भ्रष्ट्राचार नियन्त्रन र पारदर्शिताको कुरा विर्सिए । कानुन हातमा लिएर सरकारका निकायहरु जवर्जस्ती गर्ने, पद त्याग गर्न दवाव दिने जस्ता अराजकताले परिवर्तनको आश कस्तो देखायो ? जब कि अधिकार नभएका मन्त्रीलाई भाद्र २३ को कत्लेआम र २४ को विध्वसको छानविन प्रतिवेदन नआउँदै कारगार चलान गर्ने भैmँ दिएका छन् । जेनजीका नाउमा पनि भ्रष्ट जोगाउने र गैरकानूनी काम भएका थुप्रै उदाहरण छन् ।

जेनसीको व्याख्या १४ वर्षमाथि र २७ वर्षभित्रका युवा भनियो । तर तीनका योजनाकार स्वार्थमा रमाएको कुरा छर्लङ्ग भयो । समाजका विज्ञ भ्रष्टाचार जस्तो घृणित क्षेत्रबाट जोगिएका अनुहार मन्त्री बनाउने भन्दै प्रचार भयो । आखिर ७८ वर्षीय प्रमका सहयात्री मन्त्री ५० भन्दा माथिकै धेरै छन् । तीनले पनि स्वार्थकै निवार्य गरेका छन् । जेनजीको नेतृत्व कुन अधिकारी हो त्यो निश्चित छैन । नेपालमा भएका आन्दोलनमा मानव हत्या नभएका कनै छैनन् ।

प्रहरी मान्छे मार्न खडा भएको जनशक्ति होइन भन्दै एमाले ९ महिने शासनका गृहमन्त्री, प्रधान मन्त्री बन्दा संसदको दुई तिहाई बलमा छँदा पद र कुर्सी जोगाउन एकै दिनमा १९ विद्याथी युवाको जीवन लिन निरंकुश कसरी वने ? त्यसतर्फ जेनजीको ध्यान पुगेन जसले ७६ जनाको जीवन गयो, २७ सय थाइते भए, २३५ मन्दा बढीको अंगभंग भयो । तीनको स्वास्थ अवस्था के छ ? सरकारले खोई खोजी गरेको ? सरकारलाई चुनाव गर्ने, शुसासन दिने , निष्पक्षता अवलम्बन गर्ने, भ्रष्टाचारीको छानविन निष्पक्ष गर्ने हो । तर जेनजीको माग राष्ट्र प्रमुखको चुनावमा, विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ भन्ने छ । जुन विषय संसदवाट कानुन परिवर्तन र निमार्ण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *