रवि र बालेनको छायाँमा कुलमान

राजनीति समाचार

काठमाडौं । उधारो प्रधानमन्त्री चुनाव जित्न जिल्लान् तर देखिँदैन आन्तरिक प्रतिस्पर्धाबाट समानुपातिक र प्रत्यक्षको नाउँ संकलन गरे पनि रास्वपाले झन् चकित बनायो । उद्योगीका छोरा, भाइ, बुहारी, भान्जादेखि ज्वाइसम्मलाई समानुपातिक उम्मेदवार बनाउँदा विदुषी राणा, अनुष्का श्रेष्ठ, प्रकाश सपुत, रिमा विश्वकर्मा, श्रद्धा कुँवर, सचिन ढकाल, ज्वाला संग्रौलाजस्ता व्यक्तिहरु कतिखेर राजनीतिमा लागे, उनीहरुको योगदान के छ ? त्यो रवि लामिछानेजस्ता चतुर खेडालीलाई हेक्का थिएन ।

रवि जेलबाट छुट्न बैंक धरौटी राखिदिने चितवनको मनोहर प्रधानलाई समानुपातिक सूचीमा राख्दा त्यहीँ चुनावी प्रतिस्पर्धा गरेका विजय जैरु होउन् वा रमेश प्रसाईँ किन नहुन् । प्रसाईँ छैटौ नम्बरमा परे तर जैरु बढी मत पाउँदा पनि छानिएनन् । रविले चितवनमा २१ जना छाने । पुराना दलको विरोध गरेर नयाँ योजना, नयाँ कार्यक्रम देखियो । यस पटक पुराना दलका कांग्रेस, एमाले र माओवादीविरुद्ध रास्वपा खुलेर आयो । त्यहाँ बालेनको प्रवेशको स्थान छैन ।

पाउन त बालेनले महासचिव, कुलमानले सह–महासचिव पाएका छन् । पदको भागबण्डामा यहाँ भिडन्त छ । पुराना दलमा यस्तै देखेका उनीहरु बालेन र कुलमानले पदीय लडाइँको खिचडी कति पकाए । तर, देशलाई समृद्धिमा ल्याउन कुलमानले ठेक्का रद्द गरे जस्तो बालेनले फुटपाथ खाली गरेजस्तो कामले हुँदैन ।

रवि आफै विवादित छन् । सञ्चारकर्मी हुँदैको बेला सह–कर्मी शालिकराम पुडासैनी र आफ्नै गाडी चालकको मृत्यसँग शक्तिका अगाडि न्याय मरेको अवस्था हो । आफै विवादित हुँदा पनि आफ्ना कूकर्म लुकाउने ठाउँ छैन । अदालती मुद्दा बाँकी भएकोले रलिले उधारो प्रम त्यागेर बालेन जस्तो गँजेडी ¥यापरलाई सुम्पेका हुन् । यहाँ कुलमान छायाँमा परेका छन् ।

उनलाई त्यो हैसियतमा पु¥याउने र उनको क्षमता बुझ्ने दल तत्कालीन माओवादी हो । एमालेकी खन्चुवा नेता राधा ज्ञवाली जस्ताले रु ८ लाख घुस माग्दा दिन नसकेर मन्त्रालयमा हाजिर गर्दै आफ्नो विज्ञता संझेर सडकमा हिड्ने कुलमानले पनि सत्य बुझेनन् । चुनाव उनले त काठमाडौं ३ बाट जित्लान् तर उनको पछि लागेकाहरुको हालत चौपट हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *