हस्ताक्षरकर्ता डा. शेखर समाप्त

राजनीति समाचार

काठमाडौं । कांग्रेसमा जता ‘मल्खु उतै ढल्कु’ प्रवृत्तिले आफ्नै ल्यागत समाप्त पार्दैछ । गगन कुमार थापा र विश्वप्रकाश शर्मा केवल युवा नेता मात्र थिएनन् । उनीहरु सिङ्गो कांग्रेसको महामन्त्री पनि थिए । महामन्त्रीका नाताले पार्टीको प्रशासन तीनकै हातमा हुन्छ । संविधानले दिएको हरेक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने कानुनी बाटो हो । तर, निर्वाचन आयोग र पार्टीको विधानले तोकेको ६÷६ महिना गरी एक वर्ष महाधिवेशनको मिति सार्ने कानूनी अधिकार सभापति शेरबहादुर देउवालाई हुँदाहुँदै पनि त्यसको प्रयोग गर्ने गरी विशेष महाधिवेशनदेखि नै आँट सभापतिको लठैत बनेकाहरुले गरेनन् । डा. सुनिल शर्मा, चन्द्र भण्डारी जस्ता पनि त्यसभित्र थिए । कांग्रेसी नेताहरुको मूल कमजोरी यहीँ हो । जो अधिवेशनको पक्षधर थियो उसैले खुट्टा कमाएको छ । गगनको नेतृत्वमा १६६ केन्द्रीय समिति बनेको छ ।

डा.शेखर कोइरालाकै निर्देशनमा संकल्प भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको लहर थपिँदै जाँदा विशेष महाधिवशेनलाई झन् प्रभाव थपियो । प्रतिनिधिहरु पनि थपिँदै गए । तर, डा. शेखर कोइरालालाई त्यो जमघटमा सहभागी बन्न नदिनु सभापति देउवाले आफू पछिको सभापति पदका दाबेदारहरुमध्येबाट दोस्रो चरणको चुनावमा साथ दिने वचनले भुल्यायो । कांग्रेसको महाधिवेशनमा सभापति हुन विधानले ५१ प्रतिशत मतलाई वैधता दिएकोले पनि दोस्रो पटक डा. शेखर सभापति हुने पक्का भएर नै उनी भृकुटीमण्डपमा नगएका हुन् ।

उनी निष्ठा र त्यागको राजनीति गर्नेछन् । तर नेकपा एमालेसँगको सत्ता सहकार्यलाई नरुचाए पनि आफ्नो टीमबाट मन्त्री पठाएर पनि मुहारमा पदीय लोभलालचको दाग लागेको छैन भनिरहँदा डा. शेखरका उत्तराधिकारीहरु डा. मिनेन्द्र रिजालदेखि विश्वप्रकाश शर्मासम्मले पार्टी नटुक्रिने बताएकै छन् । नेतैपिच्छेका वार्ताकारहरुले वार्ता सफल पार्न नसक्नुको कारण पदीय लोभ नै हो । ४६३८ महाधिवशेन प्रतिनिधिमध्येबाट विशेष महाधिवेशनमा हस्ताक्षरकर्तालाई वैध मान्नैपर्छ । तर डा. शेखर कोइराला लकपकिएका कारण उनको अवसर गुमेको हो । यतिबेला गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरे जागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *