गृह, शहरी, स्वास्थ्य, संघीयमन्त्रीको सचिवालयमा कर्मचारीको सेटिङ्ग

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय मन्त्रीहरुले सचिवालयका कर्मचारीबाट हैरानी खेप्दै आइरहेका छन् । सबैभन्दा बदनामी खेप्दै आएका मन्त्रहिरु यस प्रकार रहेका छन् । गृह,स्वास्थ्य,शहरी,सामान्य र खानेपानी मन्त्रीको सचिवालयले । मन्त्रीहरुको नीजि र स्वकीय सविले सचिवालयको व्यवस्था गरिएको हुन्छ ।

प्रशासनिक काम हेर्ने गरी निजी सचिवालयमा उपसचिव वा सो सरहको कर्मचारीको नेतृत्वमा अधिकृत, नायव सुब्बा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक समेत गरी कम्तीमा पाँच जनाको टिम र स्वकीय सचिवालयमा मन्त्रीबाटै नियुक्ती गरिएका उपस्वकीय सचिव, अधिकृतहरु मन्त्रीले नियुक्ती गर्ने चलन छ । प्रशासन सहायक, हलुका सवारी चालक दुई तथा कार्यालय सहयोगी दुई जनाको गरी राज्यकोषबाट तलब भत्ता पाउने गरी सात जनाको स्वकीय सचिवालय बनाउने गरेका छन् । यस्तै कर्मचारीहरुको रजगज र आतंक छ,अहिले सिंहदरबारमा ।

पछिल्लो समय गृह प्रशासन पर्वतेहरुको कब्जामा छ । यिनै पर्वते कर्मचारीहरुको ध्यान निजामती कर्मचारीभन्दा प्रहरी प्रशासनतर्फको सरुवा बढूवा केन्द्रित हुँदा गृह प्रशासन लथालिङ्ग हुन पुगेको छ । गृहमा मन्त्री रमेश लेखकभन्दा शक्तिशाली छन्,वद्री तिवारी । १७ वर्षअघि २०६४ सालमा रमेश लेखक श्रममन्त्री हुँदा पनि तिवारी उनकै निजी सचिव थिए । त्यसपछि शेरबहादर देउवा प्रधानमन्त्री हुदाँ पनि तिवारी नै निजी सचिवको जिम्मेवारीमा थिए । उनी यसअघि नेपाली राजदूतावास नयाँ दिल्लीमा थिए ।

उनकै कारण गृहको प्रशासन लथालिङ्ग भएको आरोप छ । अर्काेतिर गृहका कर्मचारी परिचालन गर्ने अर्काे हर्ताकर्ता छन्,छवि रिजाल,उनी पनि पर्वते हुन् । गृहका कर्मचारी र प्रहरीहरुको खटन पटन उनै छवि र बद्रीहरुको मनलाग्दी चल्छ । अहिले सुनसरीबाट रामचन्द्र तिवारीलाई ल्याइएको छ भने काठमाडौंको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी पनि पर्वते नै छन् । यस्तै गृहमन्त्री लेखकको निजी सचिवालयमा बसेर शाखा अधिकृत विमल पौडेल र गणेशदत्त ओझाले प्रहरी सरुवा तथा बढुवाका साथै मन्त्रालयमा कार्यरत सहसचिवदेखि खरिदारसम्मको सरुवा तथा बढुवामा हस्तक्षेप गरिरहेको आरोप उनिहरुमाथि लाग्दै आएको छ । यीनै दुई अधिकृतमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ ।

यीनै टिम सरुवामा हाबी हुँदा केही सहसचिवहरु पाँच महिनादेखि मन्त्रालयको बरण्डामा थन्किन पुगेका छन् । २२ जना सहसचिव बेरोजगार भएर बसिरहेका छन् । उता उपप्रधानमन्त्री सहित भएका प्रकाशमान सिंहको सचिवालयमा समेत त्यस्तै खेलोमेलो छ । त्यो त्यही मन्त्रालय हो,जहाँ मन्त्रीको कार्यकक्ष निर्माण गर्ने नाममा मात्र ५० लाख खर्च भएको हिसाब किताब निकालिएको छ केही महिना अगाडि । जबकी पचास लाख खर्चेर २ तल्ले घर नै निर्माण गर्न सकिन्छ ।

त्यहाँ कर्मचारी सरुवामा खेलोमेलो गर्ने,विलमा गडबड गर्ने काम मन्त्री सिंहको सहयोगी यूपि लामिछाने सक्रिय रहेका छन् । अहिले यिनै यूपीहरुको सक्रियतामा हालैमात्र मन्त्रालयबाट विनु बज्राचार्यलाई धपाइएको छ । राजप्रसाद सेवा (दरबार)बाट आएकी एक्ली सहसचिव विनु वज्राचार्यलाई त्यहाँबाट यूपिहरुकै सक्रियतामा धपाइएको बताइन्छ । उनलाई बागमती प्रदेशतिर खेदिएको छ । त्यहाँ हालैमात्र सहसचिवमा बढुवा भएका नारायण मैनालीलाई ल्याइएको छ । मैनाली गोपी उमेशका साखै भाइ हुन ।यस अघि सीता गुरुङ्ग मन्त्री हुँदा मन्त्रीको सचिवालयमा थिए । सीता मन्त्रीबाट हटेपछि राजश्व अनुसन्धान विभागमा पुगेका थिए ।

सहसचिवमा बढुवा भएसँगै उनी शहरी मन्त्रालयमा आएका छन् । अहिले शहरी भित्रिएका मैनाली निजामतीमा राम्रा छवि भएका कर्मचारीमा पर्दैनन् । उनी काठमाडौं जिल्ला प्रशासनमा हुँदा थुप्रै तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेको थियो । पछिल्लो चरणमा यूपिले कर्मचारीसँग मिलेर निमित्तको खेतीपातीमा लागेको आरोप छ । मन्त्रालयको आकर्षक ठाउँमा हुने गरेको सरुवा र खटनपटनमा युपीको चासो रहँदैआएकोे छ । मन्त्रालय नजिकैको क्यान्टिनमा बोलाएर उनले आयोजना प्रमुखहरुसँग बार्गेनिङ गर्ने काममा यूपि संग्लग्न रहेको कर्मचारीहरु भित्र आरोप छ ।

उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेत यस्तै सचिवालयका कारण बदनाम बन्दै गएको छ । मन्त्री राजकुमार गुप्ताले आफ्नो सचिवालयमा राखेका छन्,शिव पटेल । पटेलले प्रमुख प्रशासकीयहरुको खटन पटनमा सात देखि दश लाखका दरले डिल गर्दै आएको बिषय केही अघि नै छरपष्ट भइसकेको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको विश्वास पात्र रहेका पटेलले जिल्ला कै एक पालिकामा कार्यरत कर्मचारीलाई निमित्त प्रमुख बनाउन ७ देखि १० लाख रुपैयाँ बार्गेनिङ्ग गर्दै आएको च्याट संवाद नै छरपष्ट भएपनि त्यस्ता स्वकीयमाथि मन्त्रीले कुनै कारवाही गरेनन्,बरु उनैलाई हर्ताकर्ता बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ सय किलोको माला पहिराउने काम भएको छ ।

पटेल पर्साको बहुदरमाई नगरपालिकामा २०७९ वैशाखमा भएको स्थानीय चुनावमा एमालेबाट मेयर पदमा निर्वाचन लडेका थिए । तर, जसपाका सिंगासन सा तेलीसँग उनी पराजित भएपछि ०८१ साल श्रावण ९ गते मन्त्री गुप्ताको स्वकीय उपसचिवमा नियुक्त भए । उनी पनि अरु मन्त्रीका सहयोगीझैं अर्थ संकलनमा सक्रिय छन् । ्उता स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयमा कार्यरत रहेका विश्ववन्धु रेग्मीलाई मन्त्रीको सचिवालयबाट हटाइएको छ । त्यहाँ शालिकराम दाहालको खेलोमेलोमा सक्रिय रहेको छ । सचिव बनाउने बिषयमा पैसाको ठूलो खेलोमेलो चलिरहेको चर्चा छ,स्वास्थ्य मन्त्रालयमा । प्रतिष्प्रर्धामा रहेकीमध्ये संगीता अंगकृत नागरिक हुन । उनैलाई सचिव बनाउन ठूलो चलखेल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *