काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धहरूको थलोभन्दा खेद प्रस्ताव पारित गर्ने सांसदहरू कति क्षमताहीन र अयोग्य छन् भन्ने कुरा फागुन १८ गते प्रमाणित भयो जुन दिन अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसुर सम्बन्धी विधेयक राष्ट्रिय सभामा छलफलको लागि प्रस्तुत गरेका थिए । खातामा पैसा नभए पनि चेक काटेर सताउने फटाहाविरुद्ध प्रहरीमा उजुरी गर्दा कानुनसम्मत कारबाही गर्ने ठाउँ नहुँदा यस्ता काण्डमा लाएका बिचौलियाहरु उम्किने गर्दथे ।
सरकारकै मान्छे ठगिएपछि नेकपा एमालेका अर्थमन्त्रीले बैंकिङ कसुर सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रिय सभामा पेश गरेका हुन् । भ्रष्टाचारमा अब्बल अन्तर्राष्ट्रिय जगतमा बद्नाम भएपछि नेपाल ग्रे लिस्टमा पर्दा सरकार प्रमुखको नाताले प्रधानमन्त्रीले नीतिगत भ्रष्टाचार रोक्नलाई पहल गर्न सकेनन् । अदालतले गरेको फैसला समेत कार्यान्वयन भएको छैन ।
यस्तो अवस्थामा राष्ट्रियसभा जस्तो बौद्धिक सभामा अर्थतन्त्रसँग जोडिएका विषयमा बहस नहुनु राष्ट्रिय सभाभित्र क्षमता नभएका, शैक्षिक योग्यता भएर पनि असक्षम सांसदहरुकै कारण भर्तिकेन्द्र रहेछ भन्ने देखियो । नेपालका सांसदहरू दलीयतन्त्रका नायक हुन्, जसले आफ्नो क्षमता कार्यकुशलता र योग्यता देखाउँदैनन् । दलीय सिन्डिकेट सबैतिर छ । ओली सरकार विकृतिको भण्डार गर्न सकेको छैन । सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन भन्ने कुरा गृहबाट राष्ट्रिय अनुसन्धान, अर्थबाट राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय माताहत लैजानुले देखाउँछ ।