ओलीको सुझावले देउवा सखाप

राजनीति समाचार

काठमाडौं । आफू जस्तो छ, उसले अरुलाई पनि त्यस्तै सुझाव दिन्छ । त्यो सुझावमा चल्दा आफू जोगिन्छु कि सकिन्छु त्यसको ख्याल सुझाव लिनेले गर्नुपर्ने हो । प्रसंग केपी ओलीको सुझावले कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिबाट सन्यास लिनुपर्ने वाध्यता भएको छ । २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जितेर गृहमन्त्री र ५ पटक प्रधानमन्त्री भएपनि मुलुकको लागि कुनै उपलब्धी दिए भन्ने ठाउँ छैन । घरमै गोदाम बनाएर पैसा जम्मा गरेका देउवाले एमाले अध्यक्ष केपी ओलीको सुझाव मान्दा राजनीतिबाट हात धुनुपरेको छ ।

अहिले उनै कांग्रेसका तत्कालीन सभापति देउवाले आफ्नै कार्यकालका महामन्त्री गगन थापालाई सभापति नदेउ, यदि दिने भए डा. शेखर कोइरालालाई देउ भनेका थिए । फेसबुके प्रचारमा रमाउने थापाबाट पार्टी चल्दैन भनेर सुझाव दिने ओली हुन् । कृष्ण प्रसाद सिटौला जस्ता उठ्तीपुठ्तीमा माहिर मुन्सीले थापालाई सभापति नमान्दा पनि केही भएन । देउवालाई यो हालतमा पु¥याउन ओलीकै सुझाव दरिलो भयो ।

कांग्रेस र एमाले चुनावी गठबन्धन गर्न तयार थिए । ६ भाइ मुन्सीमा प्रकाश मान सिंहले चुनाव लड्ने आँट गरेनन, कृष्ण प्रसाद सिटौलालाई त्यो आँट छैन । डा. प्रकाश शरण महतको स्थिति त झन् राम्रो छैन । विमलेन्द्र निधि र विजय कुमार गच्छदारकै सुरक्षा छैन । उता, पूर्ण बहादुर खड्का, रमेश लेखक, मोहन बहादुर बस्नेत, दीपक खड्का, डा. आरजु देउवा राणालगायतका दिग्गज नेताहरुले त भ्रष्टाचारमा जोडिका कारण यसपालि टिकट नै पाएनन् । शेरबहादुर देउवाका सह–महामन्त्रीका दिन पनि गएका छन् ।

केपी ओलीको सुझाव मान्दा र विशेष महाधिवेशन असंवैधानिक भन्न लगाउने निर्वाचन आयोगमा संस्थापन पक्षलाई मान्यता दिन लगाउने विश्वासकै आधारमा देउवाले बहुमतको निर्णयले भंग भएको कार्यसमितिबाट गगन र विश्वको पद खोसिदिएका थिए । तर, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई स्वीकारेपछि देउवा समूह नराम्रोसँग थलिएको छ । अन्ततः सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएन । देउवाका विश्वास पात्रहरुले गगनकै हस्ताक्षेरबाट टिकट लिएर उम्मेदवारी दिएका छन् । पार्टी कार्यालय गणेश लामाको टीमको कब्जामा थियो । अदालतको फैसला आएपछि गणेश लामाको टीमभित्रका प्रहरी उजुरीको फाइल खोतल्दै तान्ने योजनामा सभापति थापा रहेका छन् । गुण्डा चाहिन्छ, आफू किन दुश्मनी लिने भन्ने विवेकले यो काम गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *