बेरोजगार हुँदा युवायुवतीको लत चिया पसलमा

राजनीति समाचार

काठमाडौं । अहिले सघ प्रदेश र स्थानीय सरकार गरी तीन तहको सरकार सञ्चालनमा रहेका छन् । तीनै तहको सरकारले उद्योगधन्दा र कलकारखानाहरु खोल्न नसक्दा अधिकांश युवायुवतीहरु रोजगारी नपाएर उच्च शिक्षा हासिल गर्ने र रोजीरोटीको लागि विदेशिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । त्यसले गर्दा नेपालमा जनसंख्या पनि न्युन हुन पुगेका छन् । जनसंख्या कम भएकै कारण व्यापार व्यवसायहरु चल्न छाडेका छन् । एकातिर व्यापार व्यवसाय नचल्नु अर्काेतिर उद्योगधन्दा नभएको कारण अधिकांश युवायुवतीहरु रोजगारीको लागि नेपाल छाडेर विदेशिनेक्रम जारी छ ।

बाँकी रहेका अधिकांश युवायुवतीहरु विहानदेखि वेलुकासम्म चिया पसलमै दिनबिताउने गरेका छन् । चिया पसलमा दिन मात्र बिताउने गरेका छैनन् बढि चिया पिउने, हुक्का तान्ने र चुरोट तानेहरुको ताँती त्यत्तिकै छ । यो रोग स्थानीय तहदेखि संघ र प्रदेशमा बढि दखिन्छ । नेपालमा विदेशि देखासिकि गरेर क्याफे खोल्ने र चिया पसल खोल्नेहरुको ताँती त्यत्तिकै छ । त्यस्ता चिया पसल र क्याफेहरुमा काम नभएकै कारण आफ्नो अमुल्य समय त्यतिकै खेर फालिरहेको पाइन्छ । चिया पसल र क्याफेहरुमा खानेकुराको मुल्य पनि त्यत्तिकै महङ्गो रहेको छ । तरपनि नेपालीहरुले महङ्गो क्याफे पसलमा बसेर सिगरेट तान्ने र कफी पिउने गर्दछन् ।

त्यसरी खोलिएका चिया पसलहरुमा युवायुवतीदेखि जेष्ठ नागरिकहरुको राजनीतिक गफ गर्ने थलो बनेको छ । त्यसले गर्दा नेपालमा बेरोजागरीहरुको संख्या त्यत्तिकै बढेको देखिन्छ । राजीनीतिक दलहरुले चिया पसल र क्याफेमा बसेर योजना बनाउने तर काम नगर्ने परिपाटी नै बसिसकेको छ । त्यसकै कारण नेपालमा उद्योग धन्दा खोल्न सकिएको छैन । खोलिएता पनि राजनीतिक वातावरण कै कारण उद्योगहरु फस्टाउन सकेका छैनन् ।

केहि चलायमान भएका उद्योगहरुमा पनि विभिन्न दलहरुका जनवगीय संगठनका नेतादेखि कायकर्ताहरुले चन्दा मागेर हैरान पारेकै कारण कपितय उद्योगीहरुले आफ्नो पेशा नै बन्द गरेर राजनीतिमा होमिन थालेका छन् । त्यस्तै उद्योगधन्दा खोल्नेहरु पनि गुमनाम भएर बसेका छन् । जेनजी सरकारका मन्त्रीहरुले फागुन २१ को निर्वाचन गर्ने म्याण्डेट पाएसँगै अन्य कामको पनि थालनी गर्नुपर्ने थियो । तर जेनजीका मन्त्रीहरु पनि भटाभट राजीनामा दिएर निर्वाचनमा होमिएका छन् ।

अधिकांश मन्त्रलयमा एक मन्त्रीले बराबार तीन ÷चार वटा मन्त्रालय सम्हालिरहेका छन् । तर ती मन्त्रालय सम्हालेता पनि निर्वाचनको काम गर्ने भन्दा कहाँबाट कमिशन आउछ भनेर कर्मचारी र व्यापारीहरुसँग मिलेमत्तो गरी आफ्नो फाइदा जुटाउने काम गरेका छन् । त्यसले गर्दा नेपालमा जुनसुकै वादीको सरकार बनेतापनि सर्वसाधारणले रोजगारी पाउने अवस्था छैन । उल्टै सरकारमा रहेका मन्त्रीहरु नै हालको सरकार लम्ब्याउने र मन्त्री पदमा टिकिरहने खेलोफड्को गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *