विश्वको नजरमा नेपालको शिक्षा क्षेत्र कमजोर बन्दै

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । समय अनुसार गाँस, बाँस र कपासमा मात्रै सिमित छैन आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य पनि आजको लागि अति नै आवश्यक भैसकेको छ । कुनै राष्ट्र विकसीत छ, छैन नाप्ने शुत्र पनि त्यस देशको नागरिकले कति, कस्तो कुन स्तरसम्मको शिक्षा आर्जन गरिरहेका छन् भन्ने आधारमा पनि देशको मापन गरिन्छ । अहिले विश्वमा शिक्षालाई कसरी अरु देशको शिक्षाभन्दा सक्षम बनाउने होड बाजी चलिरहँदा नेपालमा त्यसको विपरीत रहेको छ ।

शिक्षाको पहुँचबाट देशलाई नजिक राख्ने भनेतापनि नेपालमा शिक्षा ग्रहण गरिरहेका विद्यार्थीहरुले एक त, महँगो शुल्कमा शिक्षाप्राप्त गरिरहेका छन् भने अर्को राजनितिक हस्तक्षेपका कारण अहिले नेपालको शिक्षाप्रणाली विश्वको नजरमा नेपालको शिक्षा एकदमै कमजोर बन्न पुगेको छ । शिक्षा पेसाभित्र राजनितिक छिरेका कारण विश्वविद्यालय समेत अछुतो रहन सकेन । विश्वविद्यालय राजनितिक हस्तक्षेपबाट कहिलेपनि टाढा रहन सकेन त्यसकै कारण शिक्षक र विद्यार्थीको दुरी बढेसँगै शिक्षा क्षेत्र नै तहस नहस बन्न पुगेको छ । अधिकांश सर्वसाधरण नेपालीहरु रोजीरोटीकोसँगै उच्च शिक्षा हासिल गर्न विदेशी भूमिमा जान बाध्य भएका छन् ।

तिनै भविष्यका कर्णधारहरु विदेश पलायन हुँदा देशको अवस्था नै दिनप्रतिदिन खस्कँदै गएको छ । विद्यार्थीहरुलाई कन्सल्टेन्सीहरुले बेचिरहँदा पनि नेपाल सरकारका सम्बन्धित निकायहरु गुमनाम बनेर बसिरहेका छन् । अधिकांश विद्यार्थीहरु पनि आफ्नो भएभरको जे, छ बैंक तथा वितिय संस्थामा धितो राखि विदेश पलान हुने गरेका छन् । त्यतातिर सरकार र शिक्षा मन्त्रालयको ध्यान जान सकेको छैन ।

विश्वमा शिक्षाप्रतिको झुकाव र स्वतन्त्रप्रति नेपालले पनि पाठ सिक्नु जरुरी रहेको छ । शिक्षा क्षेत्रमा आबद्व व्यक्तिहरुले नै शिक्षाको आडमा धजिया, ब्यालकमेल मात्र होइन बेलाबखत गिज्याउने काम गर्दछन् आफ्नो स्वार्थको अगाडि । शिक्षकहरुले निजी स्वार्थका कारण सरकारसँग नौ बुँदे मागसहित २९ दिनसम्म आन्दोलन चर्काएका थिए । त्यसबेला एसईईको परीक्षा सम्पन्न त भयो तर विद्यर्थीहरुको भविष्यप्रति चिन्ता भाव नहुँदा परीक्षाको कपि जाँचमा आफैं बाधक बने शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्ने निकार्य, कर्मचारी संगठन । त्यति मात्र होइन बाह्रको परीक्षा स्थिगित देखि लिएर अन्योलकैबीच परीक्षा सम्पन्न त भयो तर यसले विद्यार्थी मात्र होइन, अभिभावकले पनि नेपालको शिक्षा प्रणालीका खस्कँदोे गुणस्तरप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *