काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले वैदेशिक रोजगार विभागभित्रको विकृति र विसंगति हटाउन सकेका छैनन् । देशमा सुशासन कायम गर्ने नाममा बनेको जेनजी सरकारका श्रम मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने गरेको ठगी धन्दा रोक्ने काम गर्नुपर्नेमा त्यो गर्न सकेका छैनन् । वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले पनि वैदेशिक रोगारीमा हुने गरेको ठगी धन्दा रोक्न सकेकी छैनन् । उल्टै राहत उद्दार शाखामा रहेकी कृष्ण कुमारी गौली र महानिर्देशक आचार्यबीच माघ ११ गते आइतवार हात हालाहाल भएको कर्मचारी स्रोतले उल्लेख गरेको छ । विभागमित्र हुने गरेको आर्थिक चलखेलमा कुरा नमिल्दा महानिर्देशक आचार्य र गौलीबीच हात हालाहालको स्थिति सिर्जना भएको बताइन्छ ।
त्यसैगरी अन्तिम स्वीकृति शाखामा पनि लेनदेनको चलखेल व्यापक बढेको छ । विभागमा त्यसमा शाखा अधिकृत प्रविण सुवेदी, शान्ति पौडेल, तोपलाल भुसाल, सुरेश श्रेष्ठ, तोरण पराजुली र नासु वीरेन्द्र जंग शाही, राजन घिमिरे, लक्ष्मण गुरागाईँ, उमेश बस्नेत, भीम बस्ने पे्रम वली, खेम बुढाथोकी र कम्युनिस्टर अपरेटर राजेन्द्र दाहालहरुको हालीमुहाली चलिरहेको छ । त्यसमध्ये कतिपयलाई घुस काण्डकै कारण अन्यत्र सरुवा गरिएको छ । तर, उनीहरुले अहिलेसम्म रमनापत्र नलिएको बताइन्छ । अर्कोतर्फ महानिर्देशक मिरा आचार्यकी आफन्त विन्दा आचार्य प्रशासन शाखामा कार्यरत छिन् भने उनका आफन्त कृष्ण आचार्यलाई कार्यालयको सबै शाखाको रेखदेखमा खटाइएको बताइन्छ ।
त्यसले गर्दा विभागमा आचार्य आतंकले गर्दा काम गर्ने वातावरण नभएको कर्मचारीहरुको गुनासो छ । मन्त्री भण्डारीले त्यस विषयमा कुनै चासो नदेखाएको मन्त्रालय स्रोतले बताएको छ । मन्त्री भण्डारी रमिते भएर बस्नुमा आर्थिक चलखेल प्रमुख कारण बनेको छ । किन कि भण्डारीले मन्त्री भएको दुई हप्ता नपुग्दै म्यानपावर सञ्चालकहरुबाट चुनावी खर्चको नाममा चार करोडभन्दा बढी रकम उठाएरको आरोप छ । मन्त्री भण्डारीले त्यसरी उठाएको रकम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिएको मन्त्रालयभित्र चर्चा छ । त्यसले गर्दा म्यानपावर व्यवसायीहरुले मनपरी ढंगले अवैध काम गर्दा पनि मन्त्री भण्डारीको मौनता रहेको बताइन्छ । मन्त्री भन्डारीले वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएका मिरा आचार्यले पनि म्यानपावर व्यवायभित्रको विकृति, विसंगतिप्रति कुनै चासो देखाएकी छैनन् । त्यसै कारणले गर्दा वैदेशिक रोजगार विभागमा ठगिने र ठग्गनेहरुको भीड नै लाग्ने गरेको छ । ठगीका उजुरी लिएर जाने पीडितहरुको विभागमा ताँतिनै लाग्ने गरेको छ । तर, ती पीडितहरुलाई छिटोछरितो ढंगले न्याय दिन विभागले चासो देखाएको छैन ।

