सकूनीको सिकार देउवा

राजनीति समाचार

काठमाडौं । दुईपटक पार्टी सभापति र ५ पटक देशको प्रधानमन्त्री भएका नेताले सकूनीको कुरामा विश्वास गरेर आफ्नो भविश्य बिगार्दा आफ्नो राजनीति नै खरानी बनाएको अवस्था छ । शेर बहादुर देउवा राजनीतिमा नराम्रा थिएनन् । आलोचकसँग पनि उनको सम्बन्ध नराम्रो थिएन । तर, यसपटक उनलाई सिध्याउन ६ भाइ सकुनीले सफलता हासिल गरेका छन् । त्यसमा कृष्ण प्रसाद सिटौला, प्रकाश मान सिंह, डा. शशांक कोइराला, विजय कुमार गच्छदार, विमलेन्द्र निधि र प्रकाश शरण महत रहेका छन् । आज तीनै ६ भाइ सकुनीले देउवालाई मात्र होइन उनकी पत्नी डा. आरजुलाई यो हालतमा पु¥याए । उनीहरुले राजनीतिक जीवनलाई समाप्त मात्रै पारेनन् देउवाको व्यक्तिगत जीवनलाई पनि ध्वस्त बनाएका छन् ।

अघिल्ला ३ भाइले चुनावमा उठ्ने आँटसमेत गरेनन् । पछिल्ला ३ भाइ भने उम्मेदवार त भएका छन् तर चुनाव जित्न भने कठिन । किन कि कांग्रेसमा अब तिनीहरुको कुरा बिक्दैन । युवा पुस्ताको भावनामाथि प्रहार गर्न र विशेष महाधिवशेनको सहभागीतालाई स्वकार्य नसक्ने ३ भाइ सिटौला, सिंह र निधिले अबका दिनमा घरतिर दौडिने अवस्था आएको छ । यीनको पछि लागेर कमाउ धन्दा चलाउने टोले गुन्डा र ट्यापेको जमात पनि भीडको पछि लागेको छ । गगन थापा चुनावको नायक भएका छन् ।

कांग्रेसको युवा पुस्ताको भावनामाथि खेलबाड गर्ने केन्द्रीय समितिको बहुमतको आडमा रमाउँदै विरोधमा उत्रने डा. प्रकाश शरण महत नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् भने विजय कुमार गच्छदार सुनसरी ३ र विमलेन्द्र निधि धनुषा ३ बाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका छन् । यीमध्ये पछिल्लो समय देउवाको विश्वास पात्र बनेर विशेष महाधिवेशन अस्वीकार गर्न लगाउने पार्टीका तत्कालीन कार्यबहाक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाश शरण महत भन्दा पनि नेता कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह हुन् ।

सिन्धुपाल्चोकका मोहन बहादुर बस्नेसमेत प्रकाशमान सिंहकै पक्षधर काठमाडौंका जिल्ला सभापति सबुज कृष्ण बानियाँ काठमाडौं ६ बाट उम्मेदवार बनेका छन् । कांग्रेसका संस्थापन पक्ष सभापति गगन थापा र विश्व प्रकाश शर्मा समूहको एजेन्डामा सघाएर पुरानो चिन्तनधारी र ढोंगी चरित्रसँग विद्रोह गर्ने उपत्यकाभित्रका ३ जिल्लाका सभापतिहरुले समय बुझेका छन् । विशेष महाधिवेशनमा ५३ जिल्लाका सभापतिले साथ दिँदा अवैधानिक भनेर ब्याख्या गर्नेहरु अग्रगमनको शत्रु बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *