काठमाडौं । एनआइसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्सका बिमित र बिमा अभिकर्तालाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिनेछ भएको छ । एनआइसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बिमित र बिमा अभिकर्तालाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजितकुमार शाक्य र सूर्यज्योति लाइफका सिइओ प्रकाशविक्रम खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका बिमित तथा अभिकर्ताहरूले वार्षिक निशुल्क क्रेडिट कार्ड पाउने अवसर प्राप्त गर्दै आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन सक्ने तथा डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सजिलो हुने बैंकले जनाएको छ ।
ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सूर्यज्योति लाइफसँगको सहकार्यले बिमित र अभिकर्तालाई डिजिटल अर्थतन्त्रमा सहज पहुँच दिलाउन सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।

