काठमाडौं । बैंकहरुले लगानी गर्न नसकेर बैंकमा पैसा थुप्रिरहेको छ भने लगानी गरेका बैंकहरुले पनि आफ्नो सावाब्याज फिर्ता गर्न सकेका छैनन् । कतिपय बैंकहरुले आफ्नो कर्जा उठाउन नसकेर धितो लिलामीको सूचना सार्वजनिक गरिसकेका छन् । तर सार्वजनिक गरेतापनि बैंकहरुले सो लिलामी गरे सूचना अनुसारको धितो लिलामी गर्न सकेको छैन ।कतिपय एकआपसमा मर्जर भएका बैंकहरु पनि धरापमा पर्दै गएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले करिब एक अर्ब भन्दा बढि कर्जा उठाउन सकेको छैन । त्यसले गर्दा सो बैंक धरापमा पर्दै गएको छ । अर्काेतिर कतिपय बैंकहरुको अवस्था त्यस्तै रहेको छ ।
जस्तै, कुमारी बैंक, एनआइसी एसिया बैक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज लगायतका अन्य बैंकहरुले खराब कर्जा उठाउन सकेका छैनन् । खराब कर्जा उठाउन नसकेसँगै लगानी पनि गर्न सकेका छैनन् । त्यसले गर्दा नेपालको अर्थतन्त्र पनि धरासायी बन्दै गएको छ । तर राज्यका सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिन सकेको छैन । त्यसैगरी एनआइसी एसिया बैंकले गरिब र निमुखाहरुको घरजग्गा लिलामी गरेर उठिबास लगाइरहेको छ ।
त्यसप्रति राष्ट्र बैंक मुकदर्शक बनिरहेको छ । बैंकहरुले लगानी गर्न नसकेपछि बैंकमा पैसा थुप्रिदै गएको छ । सर्वसाधारणहरुले पनि व्यापार व्यवसाय गर्ने भन्दा सुनमा लगानी गरेर सुन किन्नेहरुको भिड नै बढेको छ । बजारमा सुनको मुल्य दिनप्रतिदिन आकासिरहँदा राज्यका सम्बन्धित निकायले त्यसबारेमा ध्यान दिन सकेको छैन । विकसित मुलुकहरुले सुनमा लगानी गरेर पैसामा रुपान्तरण गर्ने माध्यम बनाउदै लगेका छन् । यसको असर नेपालको अर्थतन्त्रमा परेको छ । किनकी सुन नेपालमा जोकोहि सर्वसाधारणले किन्न नसक्ने अवस्था भएको छ । सुनमा लगानी गर्नेहरुले फाइदा लिइरहेका छन् अन्य व्यापार व्यवसाय गर्नेहरु दिनप्रतिदिन घाटा व्यहोरिरहेका छन् ।

